नेभिगेशन
समाज

निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

सिमकोट
 
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले थालेको भर्ना अभियानको फिजिकल तर्फ एक हजार ५२ जना उत्रिर्ण भएका छन् । एक सातादेखि शुरु भएको शारिरिक परिक्षणमा फारम भरेका एक हजार २ सय १६ जना मध्ये एक हजार ५२ जना मात्रै लिखित परिक्षाका लागि योग्य भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 


उहाँका अनुसार हिजो प्रकाशित गरेको प्रारम्भीक सूचिमा सहभागि भएका आवेदकहरुका लागि आजै जिल्ला प्रहरी कार्यालयले लिखित परिक्षा लिएको छ । जिल्लाका लागि आवश्यक ५ सय ९४ सिटका लागि नेपाली प्रहरीले छनोट प्रक्रिया अघि बढाएको छ । आज लिएको लिखित परिक्षाको नतिजा भोली बिहानसम्म प्रकाशन गरेर त्यसपछि मौखिक परिक्षा सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गाउँमा यूवाहरु माझ बढ्दै गएको बेरोजगार समस्याका कारण यो वर्ष माग भन्दा झण्डै तेब्बरको संख्यामा यूवाहरुले आवेदन भरेका थिए । शारिरिक रुपमा तौल, नाप तथा अन्य शारिरिक तन्दुरुस्तीका आधारमा एक हजार ५२ जनाको नाम छनोट गरिएको हो  । 


 निर्वाचन प्रहरीका लागि हुम्लाबाट कुल १ हजार २ सय १६ जनाले आवेदन दिएका थिए । तीमध्ये प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक सहनशीलता परीक्षाबाट १६२ जना अनुत्तीर्ण भएको सुचना अधिकारी श्रेष्ठले बताउनु भएको छ । उहाका अनुसार, प्रारम्भिक चरणमा उत्तीर्ण भएका उम्मेदवारहरूको लिखित परीक्षा माघ ८ गते बिहान ११ बजेबाट भएको हो । परीक्षा सिमकोट गाउँपालिका–५ मा रहेको सिमस्थित खेलमैदानमा सञ्चालन गरिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले थालेको भर्ना अभियानको फिजिकल तर्फ एक हजार ५२ जना उत्रिर्ण भएका छन् । एक सातादेखि शुरु भएको...
निर्वाचन आचारसंहिता लागु, उम्मेरदवार मनोनयनमा दश वटा झण्डा र २५ जनाको मात्रै सहभागिता गराउने

निर्वाचन आचारसंहिता लागु, उम्मेरदवार मनोनयनमा दश वटा झण्डा र २५ जनाको मात्रै सहभागिता गराउने

हुम्लाका मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार हुम्लामा कुनैपनि राजनितिक दलले १० वडा झण्डा भन्दा बढी प्रयोग गर्न नपाइने र कुनै र्यालीमा २५ जनाको मात्र सहभागिता गराउनु पर्ने...
कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

कृषकले व्यहोर्नु पर्ने ५० प्रतिशत रकम जोहो गर्न नसक्ने भएपछि राष्ट्यि कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाईको आर्थिक वर्ष २०८२÷८३ लागी छनोट भएकोे एचडिपी स्याउ बगैचा स्थापनाका लागी...
२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

ससत्र प्रहरी बल गुल्म रानीवन ब्यारेकको आयोजनामा सिमकोटको सिम क्षेत्रम जनचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले भूकम्पमा आधारित...
भर्खरै