नेभिगेशन
समाज

मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न


सिमकोट

नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । मानव अधिकार एलाइन्स हुम्लाका अध्यक्ष बेलुमाया महताराको अध्यक्षतामा आज दिउसो २ बजे भएको कार्यक्रममा नेकपा एमाले हुम्ला जिल्ला कमिटिमा नेता तथा कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रम भएको हो । नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुलाई जम्मा गराई आउने आर्थिक वर्षमा मानव अधिकार उल्लघन तथा घटनाका बारेमा जानकारी गराउने काम गर्ने बताइएको छ । कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका नेकपा एमालेका केन्द्रिय सदस्य, पाटी इन्चार्ज तथा हुम्ला जिल्ला निर्वाचनका संयोजक दल रावलले यो कार्यक्रम राखेकोमा मानव अधिकार एलाइन्स हुम्लालाई धन्यवाद दिनुभएको छ । नेकपा एमाले हुम्लाले जनवर्गिय संगठनको रुपमा मानव अधिकार एलाइन्सलाई स्विकार्यको बताउनु भयो । यो संगठनले आगामी फागुन २१ गते हुने प्रतिनिध सभाको निर्वाचनमा हुम्ली जनताले निष्पक्ष रुपमा मतदान गर्र्न वातावरण मिलाउन आग्रह गर्नुभयो । 

 यसैगरी मानव अधिकार एलाइन्स हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य र समानुपातिकमा टिकट पाएका उम्मेदवारलाई बधाई तथा शुभकामना दिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।