नेभिगेशन
समाज

मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

सिमकोट

नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । मानव अधिकार एलाइन्स हुम्लाका अध्यक्ष बेलुमाया महताराको अध्यक्षतामा आज दिउसो २ बजे भएको कार्यक्रममा नेकपा एमाले हुम्ला जिल्ला कमिटिमा नेता तथा कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रम भएको हो । नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुलाई जम्मा गराई आउने आर्थिक वर्षमा मानव अधिकार उल्लघन तथा घटनाका बारेमा जानकारी गराउने काम गर्ने बताइएको छ । कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका नेकपा एमालेका केन्द्रिय सदस्य, पाटी इन्चार्ज तथा हुम्ला जिल्ला निर्वाचनका संयोजक दल रावलले यो कार्यक्रम राखेकोमा मानव अधिकार एलाइन्स हुम्लालाई धन्यवाद दिनुभएको छ । नेकपा एमाले हुम्लाले जनवर्गिय संगठनको रुपमा मानव अधिकार एलाइन्सलाई स्विकार्यको बताउनु भयो । यो संगठनले आगामी फागुन २१ गते हुने प्रतिनिध सभाको निर्वाचनमा हुम्ली जनताले निष्पक्ष रुपमा मतदान गर्र्न वातावरण मिलाउन आग्रह गर्नुभयो । 

 यसैगरी मानव अधिकार एलाइन्स हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य र समानुपातिकमा टिकट पाएका उम्मेदवारलाई बधाई तथा शुभकामना दिएको थियो । 
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले...
हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

लामो समय खडेरी परेको हुम्लामा पश्चिमी वायूका कारण अहिले ९ बजेबाट हुम्लामा हिउ पर्न सुरु गरेको छ ।
निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले थालेको भर्ना अभियानको फिजिकल तर्फ एक हजार ५२ जना उत्रिर्ण भएका छन् । एक सातादेखि शुरु भएको...

भर्खरै