नेभिगेशन
समाज

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

सिमकोट
शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको  हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले सुकेको जेठासी बाली र कात्तिके बाली लगाउन सहज हुने भएपछि किसान खुसी भएका छन । त्यसैगरी स्याउका बोट बिरुवा लगाउन पनि सहज हुने भएको छ । यो वर्षको पहिलो पटक हुम्लामा परेको हिउले सबै कुरामा राहत मिल्ने यहाँका नागरिकको भनाई रहेको छ ।  

लामो समय खडेरी परेको कारण लगाएका बिरुवा सुक्न थालेको समयमा हिमपात र वर्षा भएपछि अब बिरुवा हुर्किन सहज हुने भएका छन । यो हिमपातले जेठासी बाली जौ, गौ, उवा लगाएतका बालीनाली सप्रिने आसा पलाएको सिमकोट गाउँपालिका वडा नम्बर २ की किसान काली भण्डारीले बताउनु भएको छ । हुम्लामा पानी नपर्दा भोकमरी हुने चिन्तामा रहेकी भण्डारी शुक्रबार राती परेको हिउले यहाँका किसानलाई राहत मिल्ने बताउनु भएको छ ।

गएको असोज महिनाबाट जिल्लामा पानी गरेको थिएन । हिजो रातीबाट परेको हिउले एकै बाली नाली सप्रिने नभई बिरामी हुने संख्या पनि कम हुने भनाई सिमकोट गाउँपालिका वडा नम्बर ५ की राधिका रोकायाको भनाई रहेको छ । धुलो, धुवाले गाउँमा जताततै बिरामी हुने गरेका थिए । जेठासी बाली देखी लगेर कार्तिके बाली लगाउन सहज बनाएको रोकायाले बताउनु भयो ।

शुक्रबार राती जिल्लाका सबै क्षेत्रमा हिमपात भएको हो । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा ३ फिट जती हिउ जमेको छ भने सिमकोटमा १ फिट भन्दा बढी हिउ जमेको थियो । जिल्लाको तल्लो क्षेत्रमा हिउसँगै पानी परेको हाम्रा सहकर्मीले जानकारी दिएका छन ।
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

लामो समय खडेरी परेको हुम्लामा पश्चिमी वायूका कारण अहिले ९ बजेबाट हुम्लामा हिउ पर्न सुरु गरेको छ ।
निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले थालेको भर्ना अभियानको फिजिकल तर्फ एक हजार ५२ जना उत्रिर्ण भएका छन् । एक सातादेखि शुरु भएको...

भर्खरै