नेभिगेशन
समाज

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी


सिमकोट
शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको  हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले सुकेको जेठासी बाली र कात्तिके बाली लगाउन सहज हुने भएपछि किसान खुसी भएका छन । त्यसैगरी स्याउका बोट बिरुवा लगाउन पनि सहज हुने भएको छ । यो वर्षको पहिलो पटक हुम्लामा परेको हिउले सबै कुरामा राहत मिल्ने यहाँका नागरिकको भनाई रहेको छ ।  

लामो समय खडेरी परेको कारण लगाएका बिरुवा सुक्न थालेको समयमा हिमपात र वर्षा भएपछि अब बिरुवा हुर्किन सहज हुने भएका छन । यो हिमपातले जेठासी बाली जौ, गौ, उवा लगाएतका बालीनाली सप्रिने आसा पलाएको सिमकोट गाउँपालिका वडा नम्बर २ की किसान काली भण्डारीले बताउनु भएको छ । हुम्लामा पानी नपर्दा भोकमरी हुने चिन्तामा रहेकी भण्डारी शुक्रबार राती परेको हिउले यहाँका किसानलाई राहत मिल्ने बताउनु भएको छ ।

गएको असोज महिनाबाट जिल्लामा पानी गरेको थिएन । हिजो रातीबाट परेको हिउले एकै बाली नाली सप्रिने नभई बिरामी हुने संख्या पनि कम हुने भनाई सिमकोट गाउँपालिका वडा नम्बर ५ की राधिका रोकायाको भनाई रहेको छ । धुलो, धुवाले गाउँमा जताततै बिरामी हुने गरेका थिए । जेठासी बाली देखी लगेर कार्तिके बाली लगाउन सहज बनाएको रोकायाले बताउनु भयो ।


शुक्रबार राती जिल्लाका सबै क्षेत्रमा हिमपात भएको हो । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा ३ फिट जती हिउ जमेको छ भने सिमकोटमा १ फिट भन्दा बढी हिउ जमेको थियो । जिल्लाको तल्लो क्षेत्रमा हिउसँगै पानी परेको हाम्रा सहकर्मीले जानकारी दिएका छन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।