नेभिगेशन
समाज

निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

 

सिमकोट

निर्वाचन आयोगले निर्वाचनका क्रममा दलहरुबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोक्ने निर्णय गरेको छ ।

आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष गर्नका लागि विभिन्न सरोकारवाला पक्षबाट हुनसक्ने संभावित आचारसंहिता उंलंघनका घटनाहरुको अनुगमन गर्न निर्वाचन आचारसंहिता, २०७३ को दफा ५ बमोजिम जिल्ला प्रसासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ ऐनको दफा २३ निर्वाचन (कसुर तथा सजाय) ऐन २०६३ को दफा २ को खण्ड (ख) एवम् निर्वाचन आचार सहिंता २०८२ को दफा ३२ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी चन्दलाई निर्वाचन आचारसहिंता अनुगमन अधिकृत तोकिएको बताइएको छ । 


आयोगको माघ १० गतेको उक्त निर्णयानुसार आफ्नो जिल्ला भित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व भएका कुनै व्यक्तिले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेमा सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्दलाई निर्वाचन आचारसंहिता अनुगमन गर्ने बताइएको छ । अधिकृत चन्दलाई अनुगमनको जानकारी सम्बन्धित जिल्लाको आचारसंहिता अनुगमन समिति र आयोगमा पठाउने गरी अधिकार दिइएको छ ।

सम्बन्धीत जिल्ला भित्र निर्वाचन आचारसहिंता कार्यान्वयनकाबिषयमा नियमित रुपमा अनुगमन गरी पालना भए, नभएको हेर्ने, सम्बन्धीत राजनितिक दल, उम्मेदवार, निकाय, अधिकारी। संस्था वा व्यक्तिलाई पालना आवश्यक निर्देशन दिने, आचारसहिंता उल्लङ्घन सम्बन्धी कार्य तत्काल रोक्ने वा रोक्न लगाउने, राजनितिक दल वा उम्मेदवार, निर्वाचन प्र्रतिनिधि तथा अन्य कुनै व्यक्तिले आचारसहिंता विपरित सवारी साधान प्रयोग गरेको पाएमा तत्काल जानकारी निर्वाचन अधिकृत र जिल्ला आचारसर्हिता अनुगमन समितिमा पठाउने काम जिल्ला आचारसहिंता अनुगमन अधिकृतले गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत बरालले बताउनु भएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।