नेभिगेशन
समाज

निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

 

सिमकोट

निर्वाचन आयोगले निर्वाचनका क्रममा दलहरुबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोक्ने निर्णय गरेको छ ।

आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष गर्नका लागि विभिन्न सरोकारवाला पक्षबाट हुनसक्ने संभावित आचारसंहिता उंलंघनका घटनाहरुको अनुगमन गर्न निर्वाचन आचारसंहिता, २०७३ को दफा ५ बमोजिम जिल्ला प्रसासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ ऐनको दफा २३ निर्वाचन (कसुर तथा सजाय) ऐन २०६३ को दफा २ को खण्ड (ख) एवम् निर्वाचन आचार सहिंता २०८२ को दफा ३२ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी चन्दलाई निर्वाचन आचारसहिंता अनुगमन अधिकृत तोकिएको बताइएको छ । 


आयोगको माघ १० गतेको उक्त निर्णयानुसार आफ्नो जिल्ला भित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व भएका कुनै व्यक्तिले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेमा सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्दलाई निर्वाचन आचारसंहिता अनुगमन गर्ने बताइएको छ । अधिकृत चन्दलाई अनुगमनको जानकारी सम्बन्धित जिल्लाको आचारसंहिता अनुगमन समिति र आयोगमा पठाउने गरी अधिकार दिइएको छ ।

सम्बन्धीत जिल्ला भित्र निर्वाचन आचारसहिंता कार्यान्वयनकाबिषयमा नियमित रुपमा अनुगमन गरी पालना भए, नभएको हेर्ने, सम्बन्धीत राजनितिक दल, उम्मेदवार, निकाय, अधिकारी। संस्था वा व्यक्तिलाई पालना आवश्यक निर्देशन दिने, आचारसहिंता उल्लङ्घन सम्बन्धी कार्य तत्काल रोक्ने वा रोक्न लगाउने, राजनितिक दल वा उम्मेदवार, निर्वाचन प्र्रतिनिधि तथा अन्य कुनै व्यक्तिले आचारसहिंता विपरित सवारी साधान प्रयोग गरेको पाएमा तत्काल जानकारी निर्वाचन अधिकृत र जिल्ला आचारसर्हिता अनुगमन समितिमा पठाउने काम जिल्ला आचारसहिंता अनुगमन अधिकृतले गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत बरालले बताउनु भएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले...
मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

लामो समय खडेरी परेको हुम्लामा पश्चिमी वायूका कारण अहिले ९ बजेबाट हुम्लामा हिउ पर्न सुरु गरेको छ ।
निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले थालेको भर्ना अभियानको फिजिकल तर्फ एक हजार ५२ जना उत्रिर्ण भएका छन् । एक सातादेखि शुरु भएको...
भर्खरै