नेभिगेशन
समाज

सहिद परिवारलाई स्वागत तथा सम्मान गरी हुम्लामा ३१ औँ जनयुद्ध दिवस मनाइयो

सिमकोट

आज ३१ औँ जनयुद्ध दिवसका अवसरमा नेपाली कम्युनिष्ट पार्टीले हुम्लाका सबै पालिकामा विभिन्न कार्यक्रम आयोजना गर्दै यो दिवस मनाइएको छ । हुम्ला जिल्लामा ३१ औँ महान जनयुद्ध दिवसको अवसरमा सहिद परिवारलाई स्वागत तथा सम्मान गरि मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टीले ३१ औँ जनयुद्धको अवसर पारि सहिद घर परिवारलाई नेपाल कम्युनिष्ट पाटिले स्वागत तथा सम्मान कार्यक्रम सञ्चालन गरेको हो । 


सदरमुकाम सिमकोट गाउँपालिकाले जिल्ला समन्वय समितिको सभा हलमा आज एक कार्यक्रमका विच सहिद परिवारका आफन्तहरुलाई स्वागत तथा सम्मान गरि सो कार्यक्रम मनाएको नेपाली कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिव धर्मराज बोहराले बताउनुभयो । यसैगरी जिल्लाका सर्केगाड, अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी ३१ औँ जनयुद्ध दिवस मनाइएको विभिन्न ठाउँबाट हाम्रा सम्वाददाताले खबर पठाएका छन । 


जनयुद्धको अवसरमा चंखेली गाउँपालिकाले चर्चित देउडा कलाकार ईस्बल संज्याल र अदानचुली गाउँपालिकामा विपना सिंहलाई ल्याइएको छ । ०६२।६३ को जन आन्दोलनका क्रममा सहिद भएका जिल्लाका सहिद घरपरिवारलाई जनयुद्धको दिवसमा सम्मान गरिएको छ ।  वि.सं.२०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्ध दस वर्षसम्म चलेको थियो । राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यसहित तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गते जनयुद्धको सुरुआत गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।