नेभिगेशन
समाज

अस्थायी साधन अभावका कारण महिलाले रित्तो हातमा घर फर्कनु पर्ने बाध्यता

सिमकोट

हुम्लाका स्वास्थ्य चौकीमा अस्थायी परिवार नियोजनका साधन अभाव भएका छ । स्वास्थ्य संस्थाम ती साधन नपाइने भएपछि विशेष गरी सेवाग्राही महिला खाली हात फिर्ता हुनुपर्ने अवस्था आएको छ ।
नियमित रूपमा प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन डिपो सरकारी स्वास्थ्य चौकीमा पाइन छोडेको सिमकोट गाउँपालिका–२, ठेहे गाउँकी ल्वान्नी सुनारले बताउनुभयो । परिवार नियोजनका सबै खाले अस्थायी साधन स्वास्थ्य चौकी निःशुल्क दिनुपर्ने व्यवस्था रहेको छ । तर पुस महिनादेखि ठेहे स्वास्थ्य चौकीमा नियमित रूपमा डिपो लगाउने कोही पनि महिलाले उक्त साधन प्रयोग गर्न नपाएको उहाँले गुनासो गर्नुभयो । 


नियमित परिवार नियोजनका साधन प्रयोग गर्ने महिलामध्ये केही महिलाले बच्चा जन्माउनुभन्दा सदरमुकाम सिमकोट पुगेर निजी फार्मेसीमा व्यक्तिगत लगानी गरेर डिपो लगाउँदै आएको उहाँले बताउनुभयो । ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहोराले पुसमा २७ जना र माघमा २३ जना नियमित रूपमा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न नपाएको बताउनुभयो । 


स्वास्थ्य चौकीमा उक्त साधन नभएका कारण सेवाग्राही महिला आए खाली हात फिर्ता पठाउनुको विकल्प नभएको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीमा परिवार नियोजनका अस्थायी साधन नभएको जानकारी गराउन गाउँँपालिका स्वास्थ्य शाखाबाट पनि यी साधनको अभाव रहेको जवाफ आउने गरेको उहाँँको भनाइ छ । 


यतिबेला ठेहेको स्वास्थ्य चौकीमा मात्र नभएर जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा यो समस्या रहेको छ । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले अघिल्लो आर्थिक वर्षमा बचेको र स्वास्थ्य सेवा कार्यालयबाट उपलब्ध भएका परिवार नियोजनका अस्थायी साधन हालसम्म काम चलाउ रूपमा भए पनि नयाँ खरिद गरेर ल्याउने कार्य नभएका कारण यो समस्या आएको बताइएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।