नेभिगेशन
समाज

सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरीद्वारा जिल्ला प्रशासन कार्यालयमा घेराउ

सिमकोट

आफूहरुलाई सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै नाराबाजी समेत गरेका छन् । उनीहरूले फागुन ५ गते जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर नाराबाजी गरेका हुन् । उनीहरु पहिले भनिएको भन्दा कम तलब दिन लागिएको भन्ने खबर सुनेपछि असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका हुन् ।


फागुनमा २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । निर्वाचन प्रहरीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमान सरह प्रतिदिन ८ सय ६९.४० रुपियाँका दरले ४० दिनसम्मका लागि ३४ हजार ७ सय ७६ रुपियाँ पाउँछन् । उनीहरूले मतदान दिनको अघिपछि गरेर चार दिनका लागि प्रतिव्यक्ति प्रतिदिन ३ सय रुपियाँका दरले एकमुष्ट १ हजार २ सय रुपियाँ खाजा खर्च समेत पाउँछन् । 


हिमाली क्षेत्रका निर्वाचन प्रहरीहरूले पहाडी र तराई क्षेत्रको तुलनामा केही रकम बढी पाउने गर्दछन् । फरक सुविधाका कारण हिमाली क्षेत्रको हकमा प्रति निर्वाचन प्रहरी खर्च ११ हजार ५ सय ७० रुपियाँ हुन्छ भने पहाडी क्षेत्रमा ७ हजार ९ सय ४५ रुपियाँ र तराई क्षेत्रमा ६ हजार १ सय ७० रुपियाँ पाउँने प्राव्धान छ ।
तर त्यसो नभई निर्वाचन प्रहरीको विभिन्न शिर्षकमा सेवासुविधा कटौती गरेको विषयलाई लिएर मंगलबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेको जानकारी दिंदै निर्वाचन प्रहरी प्रजोलन छत्यालले भन्नुभयो ।


उक्त विषयमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले नियम अनुसार नै उनीहरूले सेवा सुविधा पाउने बताउनु भएको छ । निर्वाचन प्रहरीहरूले सेवा सुविधाको कुरा उठाएर नाराबाजी गरे पनि कार्यविधि र निर्देशिका अनुसार उनिहरूले सेवासुविधा पाउने प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ रहेको छ । निर्वाचन प्रहरीले गरेको अपेक्षा अनुसार कार्यविधि र निर्देशिका उल्लेख नभएको बताइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।