नेभिगेशन
समाज

निर्वाचन सुरक्षाका लागि हिउ छिचोल्दै लिमी पुग्यो प्रहरी

सिमकोट

उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ५ को हिल्साबाट नेपाल प्रहरी लिमी पुग्न सफल भएको छ । लिमी र हिल्साको बिचमा पर्ने यालुनाग्ला लेक क्षेत्रको हिउ छिचोल्दै नेपाल प्रहरीको टोली लिमीमा पुग्न सफल भएको हो । 


फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लिमीका तीन वटा मतदान केन्द्रमा खटिएका सिमा सुरक्षा चौकीका हिल्साका प्रहरीहरु हिल्सा र लिमीबिचको अग्लो यालुनाग्ला क्षेत्रमा जमेको हिउ छिचोल्दै लिमी पुग्न सफल भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले जानकारी दिनुभयो ।


हिल्साबाट पैदल मार्ग हुँदै प्रहरी सहायक निरीक्षक मन्जुल खड्काको नेतृत्वमा हिउ छिचोल्दै लिमी पुग्न सफल भएको हो । प्रहरी टोली यालुनाग्ला लेकमा जमेको हिउमा आधा घण्टा हिडेर पार गर्नु परेको थियो । सो क्षेत्रमा एकदेखि डेढ फिट हिउ जमेको भएपनि प्रहरी हिउँ छिचोलेर अगाडी बढ्न सफल भएको हो । 


हिल्साको सिमा सुरक्षा चौकीमा कार्यरत सात जना प्रहरी हिमपातपछि पहिलो पटक लिमी पुग्न सफल भएको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो । उनीहरु सातै जना प्रहरी लिमीका मतदान केन्द्रमा खटिएका थिए । हिउ छिचोल्दै लिमी पुगेका प्रहरी लिमीका तीन वटा मतदान केन्द्रहरु भृकुटी आवि जाङमा दुई जना, सुनखानी आवि हल्जीमा दुई जना र हिमशिखर आवि तीलमा तीन जना निर्वाचन सुरक्षाका लागि खटिएका छन् । 


अव यी प्रहरी बाहेक लिमीका लागि तीन वटा मतदान केन्द्रमा खटिएका कर्मचारी, प्रहरी, निर्वाचन प्रहरी, मतपत्र र अन्य निर्वाचन सामाग्री हेलिकोप्टरबाट पठाईने भएको खवरमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।