नेभिगेशन
समाज

निष्पक्ष रुपमा निर्वाचन सम्प्रेषण गर्ने पत्रकारको प्रतिबद्धता

निष्पक्ष रुपमा निर्वाचन सम्प्रेषण गर्ने पत्रकारको प्रतिबद्धता 

सिमकोट

जिल्ला स्थित कृयाशिल पत्रकारले निष्पक्ष रुपमा निर्वाचन सम्वन्धि समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचनमा निष्पक्ष रुपमा समाचार संकलन गर्न आयोगले कार्यान्वयनमा ल्याएको निर्वाचन आचारसंहित पालना गराउनका लागि जिल्लाका पत्रकारहरुलाई तालिमको ब्यवस्था गरिएको हो ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको समाचारहरु स्वतन्त्र र निष्पक्ष रुपमा समाचार संकलन गरेर प्रकाशन प्रसारण गर्न सघाउ पुर्याउनका लागि जिल्लाका पत्रकारहरुलाई तालिम सञ्चालन गरिएको पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंहले बताउनुभयो । शनिबार आयोजना गरिएको उक्त तालिमले पत्रकारहरुलाई निर्वाचन समाचार संकलनमा सहजता प्रदान गर्ने बिस्वास गरिएको छ । 
साथै निर्वाचन आचार संहिताका बारेमा पनि सहजिकरण गरिएको थियो । निर्वाचन सम्वन्धि समाचार संकलनका बारेमा नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले सहजिकरण गर्नु भएको थियो । निष्पक्ष, स्वतन्त्र, सन्तुलित र बिस्वसनिय समाचारका बारेमा जानकारी गराउनु भएको हो ।

त्यसैगरि आयोगले जारी गरेका निर्वाचन आचारसंहिताका सम्वन्धमा मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत बरालले आचारसंहिता उलंघन गरे कानूनी कारवाहीको दायरामा ल्याउने जानकारी दिनुभयो ।

यहि फागुन २१ गतेको निर्वाचन सम्वद्ध हालसम्मको प्रगतिका बारेमा प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी गराउनुभयो । कार्यक्रममा उठेका जिज्ञासा मेटाउँदै यो पटकको निर्वाचन शान्त, मर्यादित र धाँदली रहित तवरमा सुसम्पन्न हुने जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो ।

तालिममा सहभागी सञ्चारकर्मीहरुले निष्पक्ष र स्वतन्त्र रुपमा पत्रकारिता गर्ने र आचार संहिताको पुर्ण पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेको नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष राज शाहीले बताउनुभयो । तालिममा जिल्लाका पन्ध्र जना सञ्चारकर्मी, सुरक्षा निकायाका प्रमुख, निर्वाचन आचार संहिता अनुगमन समितिका सदस्यहरुको सहभागिता रहेको थियो । यो कार्यक्रम पत्रकार महासंघ हुम्ला शाखाको आयोजनामा सञ्चालन भएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।