नेभिगेशन
समाज

निर्वाचन पर्यवेक्षणका लागि राष्ट्र्यि मानव अधिकारको टोलि हुम्लामा

सिमकोट

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अनुगमनका राष्ट्र्यि मानवअधिकार आयोगको टोलि हुम्लामा आइ पुगेको छ । निर्वाचन पर्यवेक्षण तथा अनुगमनका लागि काठमाण्डौँदेखि हुम्ला जिल्ला आएपछि आज मंगलबार उक्त टोलिले जिल्लाका विभिन्न संघसंस्थाबाट खटिएका पर्यवेक्षक र पत्रकारहरूसंग छलफल गरिएको हो ।


राष्ट्र्यि मानवअधिकार आयोगका मानव अधिकार अधिकृत द्धय योसोदा बन्जाडे र सुप्रिया गुप्ता हुम्लामा पुगे लगतै जिल्लाको बस्तुस्थिती बुझ्नु भएको छ । जिल्ला बाहिरबाट फागुन १७ गते हुम्ला पुगेसंगै निरन्तर रुपमा जिल्लाको निर्वाचन परिस्थिती बुझेपछि आज फागुन १९ गते सो टोलिले जिल्लाका पर्यवेक्षकहरूसंग समिक्षा मार्फत छलफल गरिएको हो । 


निर्वाचन आयोगले विभिन्न संघसंस्थाहरूलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएसंगै हुम्लामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नियोग, मानवअधिकार हुरोन, गैसस महासंघ र इओसि नामक संस्थाहरूले पर्यवेक्षण गर्ने अनुमति पाएका हुन् ।  
सोही अनुसार जिल्लामा राष्ट्र्यि मानव अधिकार आयोगले जिल्लाका पर्यवेक्षणहरूसंग निर्वाचन अघि, निर्वाचनको दिन र निर्वाचन पछि हुने गतिविधिका विषयमा छलफल गरिएको थियो । विगतको निर्वाचन हेदा अधिकांस मतदान केन्द्रमा स्वतन्त्र रुपमा मतदान गर्न नपाएको, विभिन्न पार्टीहरूले बालबालिका प्रयोग गरेको, सरकारी सवारी साधन प्रयोग गरेको र प्रत्येक मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्र्न नपाएको विषयमा समिक्षा गरिएको थियो ।
विगतका गतिविधिलाई मध्य नजर गर्दै यो निर्वाचनमा पनि कुनै अप्रिय घटना नहोलता भन्न नसकिएला तर पनि यो पटकको निर्वाचन सुसम्मपन्न गराउनमा राज्य र गरै राज्य पक्ष सबैको अहम भूमिका रहेको छलफलमा उठेको विषय थियो । 


जिल्लाका हरेक मतदान केन्द्रमा पर्यवेक्षण गर्ने क्रममा पर्यवेक्षकहरूलाई सहज रुपमा पर्यवेक्षण गर्न नदिएको, भौगोलिक विकट्ताका आधारमा हुम्लामा पर्यवेक्षण गर्न असहज भएको लगायतका विषयमा आयोगका अधिकृतहरूसंग पर्यवेक्षकहरूले गुनासो दर्शाएका थिए । 


त्यस्तै जिल्लामा निर्वाचन हुँदा यहाँका दलित, महिला अपंगता भएका व्यक्ति र आशक्तहरूको मतपत्र खोसेर एकाधिकार भन्दा बाहिरका व्यक्तिहरूले मतदान गर्नुका साथै उनिहरू आफ्नो मताधिकारबाट बञ्चित हुनु परेको यहाँको प्रविधि हो । मंगलबार दिउसो २ वजे सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको एलिस होटेलमा मानवअधिकार आयोगको टोलि, पर्यवेक्षक र पत्रकारहरूको सहभागिता रहेको थियो ।


उक्त टोलिले निर्वाचन अवधिभर भएका गतिविधि र पर्यवेक्षकहरूको समेत अनुगमन गर्ने भएको मानवअधिकार अधिकृत योसोदा बन्जाडेले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।
भर्खरै