नेभिगेशन
समाज

दुई महिने बिउटी पालर सम्वन्धि आधारभुत तालिम सम्पन्न

 

सिमकोट

जिल्लाको सदरमुकाम सिमकोटमा सञ्चालन भएको दुई महिने बिउटीपालर सम्वन्धि आधारभुत तालिम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाको आयोजनामा सञ्चालन भएको दुई महिने बिउटीपालर सम्वन्धि आधारभुत तालिम सम्पन्न भएको हो । 
औधोगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार भन्ने मुल नाराका साथ गत पुस २१ गतेबाट सञ्चालन भएको उक्त तालिम फागुन २१ गते सम्पन्न भए पनि औपचारिक रुपमा आज शुक्रबार कार्यक्रम सञ्चालन गर्दै समापन गरिएको छ ।


उक्त कार्यक्रम बजार मागमा आधारित कार्यक्रम अन्तरगत सिमकोट गाउँपालिका भरका वेरोजगार महिलाहरूका लागि उक्त तालिम सञ्चाmन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख हिरा शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई महिनामा सिमकोट गाउँपालिका भरका १२ जना वेरोजगार महिलाहरू यो कार्यक्रममा लाभान्वित भएकी हुन् । उनिहरूले बेसिक कोर्ष सिकेर आफ्नो व्यवसाय समेत गर्न सक्ने सम्भाव्यता रहेको छ । 
उक्त कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्द रावतले बिगत लामो समयदेखि जिल्लामा सम्वन्धित निकायले यस्ता किसिमका तालिम दिने र वेरोजगार युवायुवतीले तालिम प्राप्त गर्ने गरेको भए पनि यसलाई सहि सदुपयोग गर्न नसकेको बताउनुभयो ।  
त्यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष चिन रावतले तालिममा मात्र सिमित नगरी व्यवसायी मुलक बन्न आग्रह गर्नुभयो । 


उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष राम ब भण्डारीले अबसर र चुनौती दुबै एउटै हो । बजारको माग अनुसार यो कार्यालयले तालिम दिदै आएको छ । निदाएको बाहाना नगरेर इच्छा शत्तिबाटै अगाडी बढ्नु पर्छ । व्यवसायी हिसाबले जाने हो भने आत्मनिर्भर आफैले हुनु पर्छ । त्यसैले सिप सिक्न आएका व्यवसायीले स्वयम आफैले यो कार्यलाई व्यवहारमा उतार्नु पर्ने आग्रह गर्नुभयो ।


उद्योग बाणिज्य संघ हुम्लाका उपाध्यक्ष छक्क रोकायाले तालिम लिने महिलाले सहभागीले प्रशंसा मुलक काम गर्न सिक्नु पर्ने, हुम्ला जस्तो ठाउमा यो कार्यालयले दिएको तालिमले बेरोजगार युवा युवतीलाइ राम्रो तालिम दिएको छ । गाउँपालिकामा पनि यस्तै तालिम दिन जरुरी छ । स्थानिय रैथाने पुरानो संस्कृती रितिरिवाजलाई पनि ग्राहता दिनु र सबैको त्यसलाई जोगाउनुमा आवश्यक रहेको रोकायाले बताउनुभयो । 


दुई महिने तालिमको प्रशिक्षेकको भूमिका निर्वाह गर्दै आएकी एन्जेला भण्डारीले यो तालिम दिन पाउदा खुसी व्यक्त गर्दै आगामी दिनमा बेसिक कोर्स मात्र नभएर एडभान्स कोर्सका लागि कार्यक्रम राख्न आवश्यकता रहेको बताउनुभयो । उक्त कार्यक्रम सोही कार्यालयको आफ्नै कार्यालयमा दिउसो १ वजेबाट सञ्चालन भएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।