नेभिगेशन
समाज

सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार

सिमकोट

हुम्लाको मुटु मानिएको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको चरम अभाव भएको छ । वर्षौंदेखि क्रमिक रूपमा दोहोरिँदै आएको पानीको समस्या अहिले झन् विकराल बन्दै गएपछि स्थानीय नागरिकहरू दैनिक जीवन सञ्चालनमा समस्या भोग्दै आएका छन् ।
बुधबारदेखि सिमकोट बजार क्षेत्रमा धारामा पानी आउन बन्द भएपछि यहाँका बासिन्दा बिहानदेखि साँझसम्म एक ग्यालिन पानी भर्नकै लागि घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता छ ।


सिमकोट गाउँपालिका–५ की बाँचु रावतका अनुसार पहिले कहिलेकाहीँ धारामा पानी आउने गरे पनि पछिल्ला दुई दिनदेखि बजार क्षेत्रका अधिकांश धाराहरू पूर्ण रूपमा सुक्खा जस्तै भएका छन् । 
“बिहान बेलुका खाना पकाउनका लागि भए पनि एक ग्यालिन पानी भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था छ,” उहाँले दुःख व्यक्त गर्नुभयो ।


त्यस्तै बजारमै बसोबास गर्दै आएकी अदानचुली गाउँपालिकाकी रुप्सी सुनारले पनि पछिल्ला दिनहरूमा पानीको संकट झनै बढ्दो क्रममा रहेको गुनासो गर्नुभयो । उहाँका अनुसार पहिले कहिलेकाहीँ धारामा पानी आउने गरे पनि हिजोआज भने बजार क्षेत्रमा पानीको चरम हाहाकार देखिएको छ ।
पानी मानव जीवनको आधारभूत र अनिवार्य आवश्यकता भए पनि आफ्नै धारामा पानी नआउँदा सिमकोट बजार क्षेत्रका नागरिकहरू बिहानदेखि साँझसम्म कसको धारामा पानी आउँछ भनेर खोज्दै भौँतारिनु परेको छ ।


 सिमकोट गाउँपालिका–७ की झगमती शाहीका अनुसार पानी भर्नकै लागि लाइनमा बस्नु पर्ने बाध्यता बनेको छ । “साँझतिर बल्ल एक–दुई गाग्री पानी भरेर कोठा फर्किन्छौँ र त्यही पानीले खाना पकाएर दिन गुजार्नुपर्ने  बाध्यता भएको शाहीले गुनासो गर्नुभयो ।
स्थानीय बासिन्दाका अनुसार बजार क्षेत्रमा पानी वितरणमा समेत असमानता देखिएको छ । कतिपय घरका धारामा पानी आउँदैन भने कतै चौबिसै घण्टा पानी बगिरहेको देखिन्छ । कतिपय ठाउँमा धारा नै बिग्रिएको, कतै टुटी नै नलगाइ पानी खेर जाने गरेको भन्दै पानीको व्यवस्थापनमा कमजोरी भएको नागरिकहरूले गुनासो गरेका छन् ।


यता पुरै बजार क्षेत्र पानीको चरम अभावले आक्रान्त भइरहेको बेला सम्बन्धित खानेपानी उपभोक्ता समितिका कर्मचारी भने समस्या समाधानतर्फ अपेक्षित रूपमा सक्रिय नदेखिएको भन्दै स्थानीयहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
स्थानीय नागरिकहरूका अनुसार सिमकोटको दीर्घकालीन खानेपानी समस्याको समाधानका लागि स्थानीय सरकार तथा सम्बन्धित खानेपानी कार्यालयले गम्भीर रूपमा पहल गर्नुपर्ने आवश्यकता झनै तीव्र रूपमा महसुस गरिएको छ ।
हिमाली जिल्लाको मुटुमा बसेका नागरिकहरू पानीकै अभावमा दिन गुजार्न बाध्य भएको यो पीडादायी यथार्थले सरोकारवाला निकायलाई छिटो समाधान खोज्न झक्झक्याइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।