नेभिगेशन
समाज

इनिसा बिकको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेश

सिमकोट

बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि आइतबार हुम्लाका महिलाले सदरमुकाम सिमकोटको जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेश गरेका छन् ।
जिल्लामा लामो समयदेखि महिला हिंसा र पिडितका पक्षमा आवाज उठान गर्दै आएको नेपाल अष्ट्रिया साझेदारी संस्थाको नेतृत्वमा सिमकोट बजारमा विरोध प्रदर्शन गर्दै बजारपरिक्रमा गर्दै सडकमा उत्रिनुका साथै जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत नेपाल सरकारको ध्यानार्कषण गराएको हो ।


प्रदर्शनमा सहभागीहरूले ‘ईनिशालाई न्याय देऊ, ढिलाइ अब सहिन्न, सत्य–तथ्य छानबिन गर, दोषीलाई कारबाही गर, हत्यारालाई कडा कारबाही गर, महिलामाथि हुने सबै खाले हिंसा बन्द गर, शान्ति–सुरक्षा सुनिश्चित गर, बलात्कारीलाई कडा सजाय देऊ, महिलाको सम्मान गर, सुरक्षित समाज निर्माण गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर बजारभरि नारा लगाइएको थियो ।


गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा विक फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको आरोप पछि कर्णाली प्रदेश भरि नै विरोध कार्यक्रम सञ्चालन गरिदै आएको छ ।
सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको पाइएको छ ।

सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धानका लागि फागुन २४ गते अन्य तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा पुगेका महिलाहरूबाट उक्त ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले उक्त पत्रलाई तत्काल गृहमन्त्रालयमा पठाउने जानकारी दिनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूले आवतजावतमा सहजता ल्याउन पुल निर्माणको...
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...