नेभिगेशन
समाज

सिमकोट ४ मा बेवारिसे अवस्थामा महिलाको लास भेटियो


सिमकोट
सिमकोट गाउँपालिका– ४ को बुराउसे गाउँ जाने बाटोमा बेवारिसे अवस्थामा लास भेटिएको छ । प्रहरीले उक्त बबेवारिसे लास भेटाएर जिल्ला अस्पतामा ल्याई पुर्याएको हो ।

सिमकोट गाउँपालिका– ४ को बुराउसे गाउँ जाने प्रवेशद्धारको पचास मिटर पश्चिमको पहिरो गएको भिरमा बेवारिसे अवस्थामा लडेको लास भेटिएको प्रहरी निरीक्षक युवराज ढकालले बताउनु भएको छ । सो क्षेत्रको पहिरो गएको भीरमा गिद्धहरु घुमी रहेको जानकारी प्रहरीलाई पैदल यात्रुहरुबाट आएपछि प्रहरीले पशुवस्तु मरेको हुन सक्ने भनेर जाँदा अन्दाजी ५५ वर्षिया महिलाको लाश भेटिएको हो ।

हातमा बाला लगाएको , टाउको र अनुहार केही नभएको र शिररमा कपडा लगाएको अवस्थामा लास भेटिएको कारण तत्काल लासको पहिचान गर्न कठिन भएको छ । उक्त लास दुई तीन दिन पुरानो भएकोे र पहिरो गएको भीरमा लडेको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।

प्रहरीले थप अनुसन्धान गर्ने ढकालले बताउनुभयो । बेवारिसे लास भेटिएको स्थानबाट प्रहरीले केही प्रहरीको सहयोगले बोकेर सडकसम्म ल्याएको र त्यसपछि ट्याक्टरमा जिल्ला अस्पतालको शव घरमा ल्याएर राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।