नेभिगेशन
समाज

गर्भवती महिलाको आपतकालीन उद्धार


सिमकोट 


हुम्लाबाट एक गर्भवती महिलाको आपतकालीन उद्धार गरिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर चार बुराँउसेकी २५ वर्षकी अस्मिता बुढा लामाको आज बिहान ८ बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । २५ वर्षीया अस्मिता बुढा लामाको जिल्ला अस्पतालमा सुत्केरी गराउन नसक्दा शुक्रबार बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्याइएको  छ 


जिल्ला अस्पतालमा गरिएको परीक्षणका क्रममा गर्भभित्र रहेको शिशुले दिशा खाइसकेको गम्भीर अवस्था देखिएपछि तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भएकाले सुत्केरी बुढा लामाको जिल्ला बाहिर उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका निमिक्त प्रमुख भिम बुढाले जानकारी दिनुभएको छ । 


जिल्ला अस्पतालमा शल्यक्रिया गर्न आवश्यक दुई जना चिकित्सक भए पनि दुवै जना जिल्ला बाहिर रहेकाले तत्काल सेवा उपलब्ध हुन नसकेको निमिक्त प्रमुख बुढाले बताउनु भयो ।
उक्त आपतकालीन उद्धार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत गरिएको हो।


दुर्गम कर्णालीमा स्वास्थ्य पूर्वाधारको अभाव र जनशक्तिको कमीले अझै पनि जटिल अवस्थाका बिरामीहरूलाई यस्तो जोखिमपूर्ण परिस्थितिमा पु¥याउने गरेको छ । यस्ता हवाई उद्धारहरू यहाँका नागरिकका लागि जीवन र मृत्युबीचको अन्तिम आशा बन्ने गरेका छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।