नेभिगेशन
समाज

सामाजिक विकास कार्यालयद्धारा कार्यालयको सेवा एउटै कार्यकक्षबाट प्रदान


सिमकोट

हुम्लाको सामाजिक विकास कार्यालयद्वारा कार्यालयको एउटा कोठाबाट सेवा प्रदान गर्ने कार्य सुरु गरिएको छ । सेवाग्राहीहरुले एउटा कोठाबाट अर्को कोठामा धाइरहनु पर्ने बाध्यताबाट छुटकारा पाउनका लागी यो कामका थालनी गरिएको सामाजिक विकास कार्यालय प्रमुख ईश्वर बहादुर सिंहले जनाकारी दिनुभयो ।
‎‎सेवाग्राहीहरु सेवा लिन चार वटा कार्य कक्षमा पुग्नु पर्ने र कुनै कागजात र प्रकृया नमिले पुन ः जानु परि रहेपछि यस्तो झन्झटबाट छुटकारा पाउनकै लागि एउटा कार्य कक्षबाट सेवा प्रदान गर्न सुरु गरेको कार्यालय प्रमुख सिंहले बताउनुभयो । 


‎उहाँका अनुसार एक जना सेवाग्राहीले सुरुमा कागजातमा तोक लगाउन कार्यालय प्रमुखको कार्यकक्षमा जानु पर्ने, त्यसपछि प्रशासनको दर्ता चनालीमा जानु पर्ने, त्यसपछि योजना शाखामा जानु पर्ने र अन्तमा लेखा शाखामा जानु पर्ने र यो अवधिमा आवश्यक कागजात नपुगे वा नमिले पून सम्वन्धित फाँटमा जानु पर्ने भएपछि झन्झट हुने र यो झन्झटबाट सेवाग्राहीलाई मुक्ती दिन एउटै कार्य कक्षमा कार्यालय प्रमुखदेखि अन्य तीन वटा फाँटका कर्मचारी बसेर एकिकृत सेवा दिन सुरु गरिएको छ ।


‎सेवाग्राहीका कागजात नमिले वा नपुगे कार्यस्थल मै थाहा हुने र फाँट फाँटमा दौडी रहनु पर्ने बाध्यता यो कार्यले हटेको उहाँले बताउनुभयो । ‎यसअघि सेवाग्राहीले भोग्नु परि रहेको झन्झटलाई मध्यनजर गरि कार्यालयका कर्मचारीको सल्लाहमा यसरी सेवा दिन सुरु गरिएको उहाँले बताउनुभयो । ‎
‎कार्यालयको यो कार्यले सेवाग्राहीको समय पनि बचत र खर्चबाट पनि जोगिन सहयोग पुगेको छ । बिहिबार मात्र उक्त कार्यालयले दश जना सेवाग्रहीहरुलाई एउटै कार्यकक्षमा सेवा प्रदान गरेको थियो ।‎
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।