नेभिगेशन
समाज

संघीय अनुदान अन्तरगत ९ महिनामा हुम्लाको खर्च आधा मात्रै

 सिमकोट

चालु आर्थिक वर्षका ९ महिना बित्दा पनि हुम्लामा संघीय सरकारबाट आउने बजेटको आधा मात्रै खर्च भएको छ । असार मसान्तमा मात्रै बजेट खर्च हुने हुम्लाको पुरानो विकासे प्रवृतीका कारण यो वर्षपनि जिल्लामा केन्द्र सरकारबाट विभिन्न शिर्षकमा आएको बजेटको आधा रकम अहिलेसम्म खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रकका अनुसार  जिल्लामा आएको बजेटको चालुतर्फ ३ अर्ब ३० करोड २२ लाख ९१ हजार ६ सय २८ रकम मध्ये यो अवधीमा २ अर्ब ४ करोड ८० लाख ८३ हजार १ सय २ रुपौया खर्च भएको छ । यो कुल विनियोजित बजेटको ६५ प्रतिशत हो । कर्मचारीको तलव भत्ता र कार्यालय सञ्चालन खर्चका रुपमा मानिने चालु खर्च भने विकासे बजेट भन्दा बढि छ । जिल्लाको विकासे बजेटका रुपमा मानिने पुँजीगत तर्फ ८१ करोड ४७ लाख ८० हजार मध्ये २९ करोड १२ लाख ७७ हजार ४ सय ५४ रुपैया खर्च भएको छ ।

यो कुल बजेटका ३५.७४ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका प्रमुख अंग बहादुर कार्कीले जानकारी दिनुभयो । समय अनुसार जिल्लाको विकासे बजेट निकै कम छ । चालु तर्फ बजेटको खर्च राम्रै भएपनि विनियोजित बजेट मध्ये पुँजिगत तर्फ निकै कम भएका प्रतिक्रियां कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कार्कीले दिनुभएको छ ।.
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।