नेभिगेशन
समाज

समयमै औषधी नपुग्दा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने अभियान प्रभावित


सिमकोट


नेपाल सरकारले भोली बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गर्ने निर्णय गरेपनि हुम्लामा यो अभियान सञ्चालन नहुने भएको छ । हुम्लामा समयमै भिटामिन ए र जुकाको औषधी नपुग्दा यो अभियान प्रभावित हुने भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । 
राज्यले काठमाडौ र हुम्लालाई हेर्ने दृष्टिकोण एउटै भएकाले हुम्लामा यो समस्या निम्तीएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताउनु भएको छ । एक हप्तादेखी हुम्लामा कुनैपनि जहाजले उडान नभरेपछि भिटामिन ए र जुकाको औषधी नेपालगञ्ज एयरपोटमा थन्किएर राखेको प्रमुख तिवारीले बताउनु भयो । 
नेपालगञ्ज देखी हुम्लाका लागी आज सिता एयरको फलाइटमा औषधी ल्याउने भनिएपनि विविध कारणले जहाजमा समस्या देखाएपछि औषधी नेपालगञ्जमै थन्किएको प्रमुख तिवारीको भनाई रहेको छ । यदि भोलीसम्म हुम्लाका लागी जहाज नआएपछि गाडी मार्फत औषधी ल्याएर हुम्लाका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने भएको प्रमुख डाक्टर तिवारीले बताउनु भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुईपटक पहिलो चरणमा २ र ३ कात्तिक तथा दोस्रो चरणमा ६ र ७ वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।