नेभिगेशन
समाज

सार्वजनिक बिदामा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह गर्ने


सिमकोट

जिल्ला प्रशासन कार्यालय हुम्लाले सार्वजनिक बिदाका दिनमा पनि कार्यालयबाट सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले वर्षभरी पर्ने सार्वजनिक बिदाका दिनमा पनि सेवाग्राहीलाई सेवा प्रवाह गरिने भएको छ । 
नेपाल सरकारको राजपत्रमा प्रकाशित सुचनाका आधारमा २०८३ सालमा पर्ने सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह हुने भएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले जानकारी दिनुभएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चन्दका अनुसार सार्वजनिक बिदाको दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रको सेवा प्रवाह हुनेछ । 


२०८३ बैशाख ४ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम सार्वजनिक सेवा प्रवाहमा विशेष व्यवस्था भए अनुसार नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानीका सेवाहरू सार्वजनिक बिदाका दिनमा समेत प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताउनु भएको छ । प्रशासन कार्यालयका अनुसार सार्वजनिक बिदा रहेका १६ दिनमा कार्यालयले सेवा दिनेछ । 

वैशाख १८ गतेको बैशाख पुर्णिमा, उभौली पर्व, बद्ध जयन्ती, र जेठ १५ गतेको गणतन्त्र दिवस, भदा १२ गते पर्ने रक्षा बन्धन, भदौ १९ गतेको श्रीकृष्ण जन्माष्टमी, असोज २५ गतेको घटस्थापना, पुस ९गते पर्ने उँधौली पर्व तथा योमरी पुन्हि, पुस १० गतेको क्रिसमस डे र पुस १५ गतेको तमु ल्होसार, पुस २७ गते  पृथ्वी जयन्ती, माघ १ गते माघे सङ्क्रान्ती, माघ २४ गते सोनाम ल्होसार, फागुन ७ गते राष्ट्यि प्रजातन्त दिवस, फागुन २४ गते अन्तराष्ट्यि महिला दिवसका दिन कार्यालयबाट सेवा प्रवाह हुने छ । दसैँ, तिहारको बिदामा भने सबै सेवा बन्द रहने छन् । सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह हुने भएपछि सेवाग्राहीलाई सहज हुने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।