नेभिगेशन
समाज

सुत्केरी महिलाको पाठेघरमा साल अड्किदा नेपाली सेनाको हेलिकप्टरद्धारा उद्धार

सिमकोट 

नेपाली सेनाको हेलिकप्टरद्धारा एक जना सुत्केरी महिलाको उद्धार गरिएको छ । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ बाम्टाकी ३५ वर्षीया सरिला शाहीको आज बिहान जिल्ला बाहिर हेलिकप्टरद्धारा उद्धार गरिएको हो । ३५ वर्षिया शाहीको सुत्केरी हुदा साल पाठेघरमै अड्किदा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नु परेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका डाक्टर उमाकान्त तिवारीले जानकारी दिनुभएको छ । 

शाहीको  उबिअभलतब ष्लअचभतब को समस्या हुदा यसको उपचार जिल्ला अस्पतालमा सम्भव नभएकाले जिल्ला बाहिर रिफर गरिएको डाक्टर तिवारीको भनाई रहेको छ । सुत्केरी शाही हिजो आफ्नै घरमा सुत्केरी भए पश्चात पाठेघरमा साल अड्किएको अवस्थामा जिल्ला अस्पताल हिजो बेलुका नै पुर्याएको श्रीमान भिम बहादुर शाहीले बताउनु भएको छ ।  

डाक्टर तिवारीले भन्नुभयो सुत्केरी जिल्ला अस्पतालमा पुर्याउदा सुत्ेकरी बेहोस अवस्थामा भएको र घरमै २ लिटर जती रगत बसिकेको थियोे । ६० बाई ४० को प्रेसर रहेको र सुत्केरीको अवस्था जटिर हरेको उहाँले बताउनु भयो । बच्चा बस्ने ठाँउका पाठेघरको मासु र्न भित्र पसिसकेको छ । सत्केरीको पाठेघर नै काटेर फाल्नुपर्ने अवस्था रहेकाले यो उपचार जिल्लामा सम्भव नभएको डा तिवारीले बताउनु भयो । सुत्केरीको मृत्यृ हुनबाट बचाएपनि जटिल रुपमा साल अड्किदा रिफर गरिएको छ । शाहीका घरमा तिन वटा छोरा रहेका चने चार पटक बच्चा खसालेकोले यो समस्या भएको पाइएको छ । शाहीले यो आठौ पटक छोरी जन्माएकी छन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।