नेभिगेशन
समाज

फोजी रिपिटर टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडका वडामा पुनः इन्टरनेट सेवा सुचारु

सिमकोट 
बैशाख एक गतेबाट बिग्रिएको फोजी टावर मर्मत पछि सुचारु भएको छ । सर्केगाड गाउँपालिका–६ छ्यागीमा रहेको भुब्रेलेख अन्तर्गत खातिलेखमा रहेको फोजी रिपिटर टावर अवरुद्ध भएपछि प्रभावित क्षेत्रका स्थानीयले केही दिनदेखि इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो । उक्त टावर बैशाख १ गते बेलुका ८ बजेदेखि अचानक काम गर्न छाडेको थियो । 


सेवा अवरुद्ध भएपछि नेपाल टेलिकम सिमकोट, हुम्लाको पहलमा प्राविधिक टोली परिचालन गरिएको थियो । आज नेपाल टेलिकमका प्राविधिक उब्जन शाहीको नेतृत्वमा टोली सम्बन्धित स्थलमा पुगेर मर्मत तथा पुनःनिर्माण कार्य सम्पन्न गरी फोजी सेवा सुचारु भएको छ । उक्त टावरको ब्याट् िब्याकपमा समस्या आउदा फोजी सेवा र इन्टरनेट सेवाले काम गर्न छोडेको प्राविधिक शाहीले बताउनु भएको छ । आज दिउसो ११ बजे मर्मत गरी उक्त टावरले काम गर्न थालेको शाहीले जानकारी दिनु भएको छ । 


टावरको मर्मतपछि खार्पुनाथ गाउँपालिका वडा नं. १, २ र ३ तथा सर्केगाड गाउँपालिका वडा नं. १, २, ३ र ६ मा इन्टरनेट सेवा पुनः सुचारु भएको सर्केगाड गाउँपालिका वडा नम्बर ७ का जिबन छत्यालले जानकारी दिनुभएको छ  । सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई सञ्चार तथा इन्टरनेट प्रयोगमा सहजता भएको बताइएको छ खार्पुनाथ गाउँपालिका वडा नम्बर १ का अर्का स्थानिय लाल बहादुर शाहीले बताउनु भएको छ । स्थानीयहरूले सेवा पुनःस्थापना प्रति खुशी व्यक्त गर्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।