नेभिगेशन
समाज

सुख्खा पहिरोका कारण कर्णाली करिडोर अन्र्तगत खच्चा सडक अवरुद्ध, सवारी साधन जाममा

सिमकोट
हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ खच्चा क्षेत्रमा पर्ने कर्णाली करिडोर सडक खण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडक माथिबाट अचानक सुख्खा पहिरो खसेपछि उक्त सडक खण्ड पूर्ण रूपमा बन्द भएको हो । पहिरोका कारण दुबै तर्फ गरी करिब ४–५ वटा सवारी साधन जाममा परेका छन् । 


सडकमा सुख्खा पहिरो खसेको जानकारी प्राप्त हुने बिक्तिकै अस्थायी प्रहरी पोष्ट तुम्च, हुम्लाबाट प्रहरी सहायक निरीक्षक टेक राज पाण्डेयको कमाण्डमा ४ जनाको प्रहरी टोली उक्त सडक खण्डमा खटिएको छ । सडक खुलाउने कार्यका लागि जेसीबी परिचालन गर्ने प्रयास भइरहेको छ भने सर्केगाड गाउँपालिकाको जेसीबी तेसतर्फ जाँदै गरेको जानकारी प्राप्त भएको छ ।

उक्त सडकमा सुख्खा पहिरो खस्दा दुबै तर्फका एक दर्जन भन्दा बढी सवारी साधान रोकिएको स्थानिय डिल बहादुर कार्कीले बताउनु भएको छ । सडकमा सुख्खा पहिरो खस्दा करिब एक घण्टा बढीसम्म पैदल हिडेर गाडी भएको ठाउँमा पुग्नु परेको स्थानिय कार्कीले जानकारी दिनुभएको छ । उक्त सडक खण्डमा पटक पटक सुख्खा पहिरो खस्दा यात्रुलाई आवात जावातमा समस्या बनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।
भर्खरै