नेभिगेशन
समाज

मानसरोवर माध्यमिक विद्यालयमा आइसिटी कम्प्युटर ल्याबको उद्घाटन


सिमकोट 

सिमकोट गाउँपालिकामा रहेको मानसरोवर माध्यमिक विद्यालयमा आइसिटी कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ । कर्मफ्लाइट फाउन्डेसन पोखरा र एडुटेक नेपाल ललितपुरको प्राविधिक सहयोगमा स्थापना गरिएको उक्त कम्प्युटर ल्याबका लागि आवश्यक फर्निचर (टेबल, पर्दा, कुर्सी) सिमकोट गाउँपालिकाले उपलब्ध गराएको मानसरोवर माध्यमिक विद्यालयका प्रध्यानध्यापक अमर बहादुर शाहीले बताउनु भएको छ ।

 मानसरोवर माध्यमिक विद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको यो ल्याबमा हाल २८ जना विद्यार्थी र १ जना शिक्षक प्रत्यक्ष रूपमा सहभागी हुनेछन् । नियमित कक्षापछि कम्प्युटर शिक्षा प्रदान गरिने व्यवस्था गरिएको विद्यालयका प्रध्यापक शाहीले जानकारी दिनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय सरोकारवाला निकाय शिक्षक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो । यस ल्याब स्थापना भएसँगै दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप हासिल गर्न सहज हुने अपेक्षा गरिएको छ  प्रध्यानध्यापक शाहीको भनाई रहेको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।