नेभिगेशन
समाज

सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत आमालाई कुखुरा वितरण


सिमकोट
सिमकोट गाउँपालिकाले सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी आमालाई कुखुरा वितरण गरेको छ । पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले प्रत्येक आमालाई एक–एक वटा कुखुरा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।


सिमकोट गाउँपालिका पोषण शाखाका संयोजक दिपेन्द्र भण्डारीका अनुसार, आमा तथा शिशुको स्वास्थ्य सुदृढ बनाउन र घरमै पोषणयुक्त खाद्य सामग्रीको उपलब्धता बढाउन यो कार्यक्रम सञ्चालन गरिएको हो । “सुनौलो हजार दिन” अवधिमा उचित पोषणले आमा र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्तो पहल गरिएको उहाँले बताउनुभयो ।


गाउँपालिकाले पूर्ण पोषणमैन्त्री वडा घोषणा अभियानलाई सफल बनाउन समेत यस कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएको छ । स्थानीय स्तरमै अण्डा तथा मासुको उत्पादन बढ्दै जाँदा आमाहरूको पोषण अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।


यस कार्यक्रमबाट लक्षित वर्गका आमाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् भने समुदायमा पोषण सम्बन्धी जनचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर २,३,४ र ५ का सुनौलो हजार दिनका आमालाई वितरण गरेको संयोजक भण्डारीले बताउनु भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।