नेभिगेशन
समाज

हुम्लामा स्थानीय सिमी खरिद, किसान उत्साहित


सिमकोट 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, हुम्ला शाखाले चालू आर्थिक वर्षमा सर्केगाड गाउँपालिकाबाट ४३ लाख १४ हजार ६ सय रुपैयाँ बराबरको २३ हजार ९ सय ७० किलो स्थानीय रैथाने बाली सिमी खरिद गरेको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहनदुर रोकायाले बताउनु भएको छ ।
खाद्यय व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका अनुसार उक्त खरिदले स्थानीय किसानहरूलाई आफ्नै उत्पादन उचित मूल्यमा बिक्री गर्ने अवसर प्रदान गरेको छ ।

यसबाट किसानहरू उत्साहित भएका छन् भने स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन मिलेको खाद्यय व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाका प्रमुख कृष्ण थापा मगरले जानकारी दिनुभएको छ । 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सिमकोट शाखाले चालू आर्थिक वर्षमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै ठूलो परिमाणमा सिमी खरिद गरेको छ । शाखाले ४३ लाख १४ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको २३ हजार ९७० किलो स्थानीय सिमी खरिद गरी बिक्रीका लागि सुर्खेत पठाएको जनाएको छ ।


हुम्ला शाखा कार्यालयले दिएको जानकारी अनुसार यसै आर्थिक वर्षभित्र हुम्ला जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाबाट समेत स्थानीय रैथाने बाली खरिद गर्ने योजना रहेको जानकारी दिएको छ । यस कार्यक्रमले जिल्लाभरका किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।


स्थानीय उत्पादनको संरक्षण र बजारीकरणका लागि यस्तो पहल महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन्  स्थानिय स्तरमै उत्पादीत सिमी संस्थानले गर्न थालेपछि जिल्लाका किसानहरु उत्साहित भएका छन । यता सदरमुकाम सिमकोट राष्ट्यि सडक संञ्जालसँग जोडिएपछि बजारमा अन्य खाद्यन्न सहज रुपमा उपलब्ध हुन थालेका छ ।

स्थानीय उत्पादनको बजारीकरणमा संस्थानले खेलेको भूमिकाले किसानलाई राहत पुगेको छ भने आगामी दिनमा अन्य कृषि उपजको पनि खरिद विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ । हाल कार्यालयसँग ७ हजार ८० क्वीन्टल चामल, ११ हजार ४ सय १२ केजी, २ हजार ७ सय १८ लिटर मौज्दात रहेको छ । कार्यालय प्रमुख कृष्ण थापा मगरका अनुसार, सडक पहुँच विस्तार भएसँगै निजी क्षेत्रबाट पनि खाद्यान्न आपूर्ति बढेकाले संस्थानको चामल बिक्रीमा कमी आएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।