नेभिगेशन
समाज

जेष्ठ नागरिकका लागी मनोरञ्जन तथा सचेतना कार्यक्रम सिमकोटमा सञ्चालन


सिमकोट 
जेष्ठ नागरिकहरूको सम्मान र अधिकारबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सिमकोटस्थित मानसरोवर होटलमा एक कार्यक्रम सञ्चालन भएको छ । सामाजिक विकास कार्यालय हुम्लाको आर्थिक सहयोग तथा जेष्ठ नागरिक समाज हुम्लाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।


कार्यक्रमको उद्घाटन जिल्ला न्यायाधीश नीलकण्ठ बरालले ब्यानर वाचन गर्दै गर्नुभएको थियो भने सभाध्यक्ष अदानसिंह रावत रहनु भएको थियो । कार्यक्रममा “जेष्ठ नागरिकको सम्मानः हाम्रो सभ्यताको पहिचान” भन्ने नारा प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा जेष्ठ नागरिक जिल्ला संघका उपाध्यक्ष धर्मराज रोकायाले स्वागत मन्तव्य राख्दै जेष्ठ नागरिकको परिभाषा र उनीहरूको सम्मान तथा संरक्षणका विषयमा जोड दिनुभयो । आयुर्वेद केन्द्रकी प्रमुख चाहाना शर्माले कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूलाई तुलसी चिया, अश्वगंधा चुर्ण र अर्थोरेक्स तेल (दर्द निवारक तेल) वितरण गर्नुभएको थियो । 


प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जेष्ठ नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराइने सेवा–सुविधाबारे जानकारी दिँदै यातायात तथा अन्य असहज परिस्थितिमा प्रशासन सधैं सहयोगका लागि तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले अन्तरपुस्ता ज्ञान, सीप, कला र परम्परागत रीतिरिवाज हस्तान्तरणमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।


यसैगरी, जिल्ला न्यायाधीश नीलकण्ठ बरालले जेष्ठ नागरिकसँग सम्बन्धित ऐन–कानुनबारे प्रष्ट पार्नुभएको थियो । सामाजिक विकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले सिमकोटमा जेष्ठ नागरिक भवन निर्माण हुने जानकारी दिँदै अदानचुली गाउँपालिकामा सामाजिक विकाससँग सम्बन्धित संरचना निर्माण भइरहेको बताउनुभयो ।

उक्त कार्यत्रममा जेष्ठ नागरिक आमा बुवाले आफ्नो रितिरिवाजका बारेमा जानकारी दिनुभएके थियो साथै देउडा गित र लामा भाषाबाट रलिङ मेलामा गरिने स्वागत गित पनि गाउनु भएको थियो । कार्यक्रममा सिमकोट गाउँपालिका वडा नं. ४ का करिब २५ जना ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।