नेभिगेशन
समाज

सिमकोट गाउँपालिकाका विद्यालयहरूको अनुगमन सम्पन्न

सिमकोट 

सिमकोट गाउँपालिकाको विद्यालय समायोजन तथा शिक्षक व्यवस्थापन शिक्षा उपसमितिले गाउँपालिका अन्तर्गत रहेका २१ वटा  सामुदायिक विद्यालयको अनुगमन सम्पन्न गरेको छ । शैक्षिक सुधार, न्यायोचित शैक्षिक पहुँच, भौतिक पूर्वाधार तथा समग्र शैक्षिक अवस्थाको अध्ययन गर्ने उद्देश्यले अनुगमन गरिएको हो ।

विद्यालय समायोजन तथा शिक्षक व्यवस्थापन शिक्षा उपसमितिका संयोजक प्रताप लामाको नेतृत्वमा विद्यालयहरूको पठनपाठन अवस्था, शिक्षक–विद्यार्थी उपस्थिती, शैक्षिक सामग्रीको उपलब्धता, तथा भौतिक संरचनाको अवस्थाबारे निरीक्षण गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण आचार्याले बताउनुभएको छ । साथै, विद्यालय व्यवस्थापन, शिक्षण गुणस्तर र विद्यार्थी सिकाइ उपलब्धि सुधारका लागि आवश्यक सुझाव तथा सल्लाह समेत प्रदान गरिएको छ ।


अनुगमन टोलीका अनुसार विद्यालयमा देखिएका समस्या पहिचान गर्दै सुधारका लागि आवश्यक कदम चालिने र सम्बन्धित निकायसँग समन्वय गरी शैक्षिक गुणस्तर उकास्ने प्रयास गरिनेछ ।
यस अनुगमनले स्थानीय तहमा शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र समग्र शैक्षिक प्रणाली सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । बैशाख १६ गतेबाट यो अनुगमनको शुरुवात गरिएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।