नेभिगेशन
समाज

जिल्ला स्तरिय १६ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट संचालन सुरु

सिमकोट 
हुम्लाको सिमकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ सिमकोटस्थित खेल मैदानमा आज दिउँसो १२ बजेदेखि प्रतियोगिता सञ्चालनमा आएको हो ।


सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख ईश्वर बहादुर सिंहका अनुसार जिल्लाका सात वटै स्थानीय तह अन्तर्गतका माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स अन्तर्गतका विभिन्न विधासहित भलिबल, दौड, कबड्डी लगायत १३ प्रकारका खेलहरू समावेश गरिएका छन्।
प्रतियोगिता सञ्चालन, व्यवस्थापन तथा सहजीकरणको जिम्मेवारी बालमन्दिर माध्यमिक विद्यालय सिमकोटलाई दिइएको छ। साथै, सह–आयोजकको रूपमा जिल्ला खेलकुद विकास समिति रहेको छ भने आयोजक सामाजिक विकास कार्यालय हुम्ला रहेको छ।


कार्यक्रमका अध्यक्ष तथा सामाजिक विकास कार्यालयका प्रमुख सिंहले छोटो समयको तयारीका बाबजुद सबै पालिकाबाट सहभागिता जनाइएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले बैशाख २७ र २८ गते सुर्खेतमा हुने प्रदेशस्तरीय प्रतियोगितालाई लक्षित गर्दै जिल्लास्तरीय खेल आयोजना गरिएको बताउनुभयो ।


त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले सबै खेलाडीलाई इमान्दारी पूर्वक खेल्दै आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता बैशाख २४ गतेसम्म जारी रहनेछ ।

आज पहिलो दिन १ सय मिटरको दौड छात्रतर्फ प्रथम सिमकोट गाउँपालिकाका विवेक शाही, दृतिय ताजाँकोट गाउँपालिकाका रोशन सार्की र तृतिय चंखेली गाउँपालिकाका उज्वल चौलागाई भएका छन भने ८ सय मिटर दौडमा प्रथम चंखेली गाउँपालिकाका दिपेश चौलागाई, दृतिय सिमकोट गाउँपालिकाका बखत सुनार र तृतिय सर्केगाड गाउँपालिकाका सोबास फडेरा भएको जिल्ला खेलकुल विकास समितिका कार्यालय प्रमुख प्रकाश बुढाले बताउनु भएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।