नेभिगेशन
समाज

वल्डिङ सेवा अवरुद्ध हुँदा खार्पुनाथको १ नम्बर वडामा सेवा ठप्प, सेवाग्राही मारमा

सिमकोट

जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं. १ लालीमा जडान गरिएको वल्डीङ (इन्टरनेट सेवा) एक हप्तादेखि अवरुद्ध हुँदा वडा कार्यालयबाट प्रदान गरिने अनलाइन सेवा पूर्ण रूपमा ठप्प भएको छ । इन्टरनेट सेवा बन्द भएपछि जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता लगायतका सबै प्रकारका पञ्जिकरण सेवा प्रभावित बनेका छन् ।

वडा नं. १ का वडा अध्यक्ष जय बहादुर शाहीका अनुसार सेवा अवरुद्ध हुँदा स्थानीय नागरिकहरू आवश्यक कामका लागि करिब तीन घण्टा पैदल हिँडेर गाउँपालिका केन्द्र धाउनु पर्ने बाध्य भएमा छन् ।“वडामा सेवा सञ्चालन गर्ने वातावरण भए पनि इन्टरनेट नहुँदा सबै काम रोकिएको छ,” वडा अध्यक्ष शाहीले भन्नुभयो, “सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएको छैन।” पालिकाबाट पञ्जिकरणका काम सम्पन्न गरेपछि हस्ताक्षरका लागि पुनः वडा कार्यालयमै आउनुपर्ने बाध्यता हुँदा सेवाग्राही थप समस्यामा परेका छन् ।

यसैबीच, खार्पुनाथ गाउँपालिका वडा नं. ३ रायाको थानामा रहेको नमस्ते टावर समेत एक हप्ताभन्दा बढी समयदेखि बन्द रहेको स्थानीयले बताएका छन् । टावर अवरुद्ध हुँदा उक्त क्षेत्रमा सञ्चार सेवा समेत प्रभावित भएको छ । स्थानीयका अनुसार समस्या समाधानका लागि नेपाल टेलिकम सिमकोटलाई जानकारी गराए पनि हालसम्म कुनै पहल नभएको गुनासो गरिएको छ । इन्टरनेट र सञ्चार सेवा दुवै अवरुद्ध हुँदा दैनिक प्रशासनिक कार्य र जनजीवनमा समेत असर परेको वडा अध्यक्ष शाहीले बताउनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूले आवतजावतमा सहजता ल्याउन पुल निर्माणको...
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...