नेभिगेशन
समाज

काठको मुडाले च्यापेर एक जना बालकको मृत्यु, २ जना प्रहरीको नियन्त्रणमा

सिमकोट 
काठ च्यात्ने क्रममा काठको मुडा लागेर एक जना बालकको मृत्यु भएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँका जोगविर बुढाका १४ वर्षिय छोरा कविन्द्र बुढाको मृत्यु भएको छ । जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ८ मा रहेको निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत बुढा भेडा चराउन गएको बेला काठको मुढाले च्यापेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनु भएको छ । 


बिहिबार  विहान ११ वजे भेडा बाख्रा चरि चरनका लागी सोही गाउँपालिकाको वडा नं ८ को भुलभुले पानी भन्ने ठाउँमा लिएको समयमा काठ चिरान दरान गरी रहेका सोही गाउँपालीका वडा नं ८ का ३९ वर्षिय धनबिर सार्की र सोही ठाउँकै २८ वर्षिय सुकबिर सार्कीले काठको मुडा पल्टाउदा तल जंगलमा रहेका बालकलाई लागी करिव १ सय मिटर तल सिप्का खोलामा फालेको उपरिक्षक खड्काले जानकारी दिनुभयो । लाश मुचुल्का  लागी जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा जाँदै गरेको खड्काले बताउनु भयो ।  सुकबिर सार्की र  धनबिर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।