नेभिगेशन
समाज

विपद व्यवस्थापन समितिको बैठक बस्यो, पुर्व तयारीका साथ बस्न आग्रह

सिमकोट

विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । बिहीबार बिहान विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको नेतृत्वमा बैठक बसेको हो ।
बैठकमा जिल्ला विपद् व्यवस्थापन समितिका यसअघिका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा तथा विश्लेषण गरिएको थियो । साथै वर्षायाम तथा मनसुनको समयमा मा हुने आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्न आवश्यक स्रोत–साधन व्यवस्थापनका लागि हिल्सा–सिमकोट सडक आयोजनालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।


पूर्वमनसुन सुरु भएसँगै अविरल वर्षा, बाढी, पहिरो तथा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना रहेकाले जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका कार्यलाई प्रभावकारी बनाउन सरोकारवालाबीच समन्वय र सहकार्य गर्ने निर्णय पनि बैठकले गरेको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा हुम्लाको सहकार्यमा बाढी तथा पहिरोका घटनामा आधारित कृत्रिम अभ्यास सञ्चालन गरिने भएको छ । यसबाट खोज, उद्धार, राहत तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यलाई प्रभावकारी बनाइने बताउदै भन्नुभयो .

त्यसैगरी जिल्लामा पर्यटक आगमनको सिजन सुरु भएकाले नाम्खा गाउँपालिकाको लाप्चा उपत्यका अन्तर्गत पर्ने न्यालु लेक क्षेत्रमा जमेको हिउँ पन्छ्याउन आवश्यक स्रोत–साधन व्यवस्थापन गर्न नाम्खा गाउँपालिका र पूर्वाधार विकास कार्यालयलाई अनुरोध गरिएको छ ।
उक्त कार्यक्रममा जिल्लाका सिमकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड र ताजाँकोटका अध्यक्षहरू, सरकारी कार्यालयका प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि, नागरिक समाज, सुरक्षाकर्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।