नेभिगेशन
समाज

वाल विवाहका कारण अँझै जिल्लाका २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यलयको खुलासा

सिमकोट ।  हुम्ला जिल्लाका २० प्रतिशतभन्दा बढी १९ वर्षमुनिका किशोरी सुत्केरी हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयको ततथ्यांकले जनाएको छ । उमेर नपुगी विवाह गर्दा सानै उमेरमा सुत्केरी हुने किशोरीको संख्यामा हुम्लामा वृद्धि हुदैं गएको कार्यालयले जनाएको छ ।

जिल्लाका सातवटै गाउँपालिकामा २०८२ साउनदेखि चैत मसान्तसम्म २५ प्रतिशत किशोरी १९ वर्षभन्दा कम उमेरमा सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले देखाएको हो । यो अवधिमा जिल्लाका सात वटै गाउँपालिकामा ५ सय ९४ जना सुत्केरी भएकामध्ये १ सय ५० जना किशोरी १९ वर्षमुनिका रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाकी तथ्यांक सहायक दुर्गा श्रेष्ठले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा यो उमेर समूहका सुत्केरी हुने किशोरीको संख्या १ सय ३७ जना थियो भने त्योभन्दा अघिल्लो वर्षमा १ सय ७ जना थिए । २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको संख्या सबैभन्दा बढी सिमकोट गाउँपालिकामा ४० जना रहेका छन् । पछिल्लो समय उमेर नपुग्दै विवाह गर्नेको संख्या घट्नुभन्दा झन् वृद्धि भएको श्रेष्ठले बताउनुभयो । उमेर नपुग्दै विवाह गरेर बच्चा जन्माउनुको मुख्य कारण अशिक्षा, गरिबीलगायतका विभिन्न समस्याले यस्ता घटनाहरू बढ्दो क्रममा रहेका छन् ।

बालबालिकामा देखियो कुपोषण सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माएर पोषणमा ध्यान नदिनेजस्ता समस्याले हुम्लाका बालबालिकामा कुपोषण देखिने गरेको छ । ताजाकोट गाउँपालिकामा पाँच वर्षमुनिका बालबालिकामा देखिएको गम्भीर कुपोषण समस्या देखिएको हो । गाउँपालिकाकाले १ देखि ५ नम्बर वडासम्मका विभिन्न टोल–बस्तीमा गरिएको पोषण लेखाजोखाका क्रममा ११ जना बालबालिका अति शीघ्र कुपोषणको अवस्थामा भेटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनःस्थापन केन्द्र संयोजक महेन्द्र हमालले बताए । उनका अनुसार ती बालबालिकासँगै १० जना आमालाई उपचारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनःस्थापना केन्द्रमा ल्याइएको छ ।

वैशाख २२ गते पहिलो चरणमा पठाइएका १० जना आमाहरूमा रहेका छन् । उनीहरू आफ्ना कुपोषित बालबालिकासहित उपचारका लागि जुम्ला पुगेका छन् । ताजाकोट गाउँपालिकाका अनुसार ताजाकोटमा कुपोषण समस्या जटिल बन्नुमा भौगोलिक अवस्था, खाद्य असुरक्षा, जनचेतनाको कमी तथा स्वास्थ्य सेवामा पहुँचको अभाव रहेका छन् । यी कारणले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने परिवारहरू पोषणयुक्त आहारको अभावका कारण जोखिममा पर्ने गरेका छन् । यस अभियानमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी, गाउँपालिका सरकार र जिल्ला स्वास्थ्य सेवा कार्यालयको सक्रिय भूमिका रहेको छ । सबै निकायको समन्वयका कारण जोखिममा रहेका बालबालिकालाई समयमै उपचारको दायरामा ल्याउन सम्भव भएको छ ।

पोषण पुनःस्थापना केन्द्रका संयोजक हमालका अनुसार जुम्लास्थित प्रतिष्ठानले कर्णाली प्रदेशका विभिन्न पहाडी तथा हिमाली जिल्लाबाट आएका कुपोषित बालबालिकालाई निःशुल्क आवासीय उपचार सेवा प्रदान गर्दै आएको छ । यहाँ बालबालिकालाई पोषणयुक्त आहार, नियमित स्वास्थ्य परीक्षण र आवश्यक उपचार सेवा उपलब्ध गराइन्छ । हमालले विकट क्षेत्रबाट कुपोषित बालबालिकालाई खोजी गरी उपचारमा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको बताए ।

 ‘ताजाकोटबाट बालबालिका ल्याउन समन्वय गरेर अभियानलाई सफल बनाउन विशेष पहल गरिएको हो,’ उनले भने, ‘स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।