नेभिगेशन
समाज

विश्व रेडक्रस दिवसका अवसरमा सिमकोटमा सरसफाइ कार्यक्रम सम्पन्न


सिमकोट
आज मे ८ का दिन विश्वभर “मानवताका लागि एकबद्ध होऔँ भन्ने नाराका साथ विश्व रेडक्रस दिवस मनाइएको छ । रेडक्रसका जन्मदाता को जन्मदिनको अवसर पारेर हरेक वर्ष यो दिवस मनाइँदै आइएको हो ।


दिवसको अवसरमा सिमकोटस्थित रानीवन सिमसार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा रेडक्रसकर्मी, स्थानीयवासी, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


सरसफाइ कार्यक्रम मार्फत सिमसार क्षेत्रलाई स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्य राखिएको नेपाल रेडक्रस हुम्लाका मन्त्री अर्जुन बोहराले जानकारी दिनुभएको छ । सहभागीहरूले वातावरण संरक्षणसँगै सामाजिक सेवामा सबैको साझा जिम्मेवारी रहने बताएका थिए ।


विश्व रेडक्रस दिवसका अवसरमा मानवता, सेवा, सहकार्य र विपद्का समयमा सहयोगको भावनालाई अझ सशक्त बनाउने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन् । उक्त सरसफाई कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय, सुरक्षाकर्मी, राजनितिक दल, नागरिक समाज र सञ्चारकर्मीको उपस्थीत रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।