नेभिगेशन
समाज

विद्यालयको दरबन्दी कटौती गरेको भन्दै विद्यार्थी र अभिभावक आन्दोलीत


सिमकोट
सिमकोट गाउँपालिका वडा नम्बर ७ को कर्णाली माध्यामिक विद्यालयको शिक्षक दरबन्दी र कक्षा ११ र कक्षा १२ कटौती गरेको भन्दै विद्यार्थी र अभिभावक अन्दोलीत भएका छन् । सिमकोट गाउँपालिकाले वैशाख २३ गते गरेको निर्णय अनुसार कर्णाली माध्यामिक विद्यालय चौगानफयाको दरबन्दी र दुईवटा कक्षा कटौती गरेपछि वैशाख २८ गते कर्णाली माविका विद्यार्थी र अभिभावकले आन्दोलन गरेका छन ।


गाउँपालिकाले गरेको निर्णय विभिदकारी भएका्े भन्दै विद्यार्थी र अभिभावक मिलेर विद्यालय तालाबन्दी नै गरेको विद्यालयका प्रधानाध्यापक लोकराज शाहीले बताउनु भएको छ । उक्त निर्णयले आफ्नो विद्यालयमा समस्या भएको र पठनपाठन समेत प्रभावित हुने भएपछि वैशाख २८ गते यहाँका सम्पुर्ण अभिभावक र विद्यार्थीहरू सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकामा धर्ना गर्नुका साथै आफ्नो माग पुरा नहुँदासम्म विद्यालयको ताला नखोलिने विद्यालय व्यवस्थापन समितिका अध्याक्ष लोकराज शाहीले बताउनुभयो ।
सिमकोट गाउँपालकिाले कर्णाली माविलाई सौतेनी व्यवहार गरेको  हुदा सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकामा पुगेर आन्दोलन गरेको विद्यार्थी विवेक शाहीको भनाई छ ।

सिमकोट गाउँपालिकाले कर्णाली माविको नेपाली बिषयको दरबन्दी कटौती गरि सोही वडाको कैलाश माध्यामिक विद्यालयमा पदस्थापना गरेको थियो ।
आफ्नो विद्यालयको दरबन्दी कटौती गरेको बिरोध गर्दै कर्णाली माविका १ सय ५० जना बिधार्थीहरु र ५० जना भन्दा बढी अभिभावकहरु सम्युक्त आन्दोलन गर्न सिमकोट पुगेको स्थानीय अभिभावक सरस्वती शाहीले बताउनुभयो ।

गाउँपालिकाको कार्यालय अगाडी नारावाजी गरेर बिधार्थीहरुले आन्दोलन गर्दै सो विद्यालयको सम्पुर्ण ताला गाउँपालिकालाई बुझाएको थियो । दरवन्दी कटौती गर्नु भनेको शैक्षिक संस्थालाई कमजोर बनाउन गाउँपालिका लागेको उहाँको भनाई छ । बिधार्थी संङ्ख्या राम्रै भएको सो विद्यालयमा एकातिर दरबन्दी नै कम भएको अवस्थामा त्यस माथि भए कै दरवन्दी पनि कटौती गर्ने कार्य गाउँपालिकाका जायज नभएको उहाँको भनाई छ । आफ्नो माग पुरा नगर्दासम्म आन्दोलन गर्ने शाहीले बताउनु भएको छ ।

यसरी भएको दरबन्दी कटौती गर्नु भन्दा विद्यालय नै खारेज गर्नु उपयुक्त हुने चौगानफया गाउँका अर्का स्थानीय जीवनबहादुर शाहीले बताउनुभयो । स्थानिय सरकार ऐन २०७४ का अनुसार विद्याथी नभएको विद्यालयको एकल दरबन्दी मिलान गर्ने, समायाजन गर्ने र विद्यार्थी भएको विद्यालयमा अनुमति दिने संघियता अघिको जिल्ला विकास समितिले अनुमति दिनुपथ्र्यो । संघियता पछि यो अधिकार स्थानिय सरकारलाई दिएको हुदा यो निर्णय गरेको  सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनु भयो ।

त्यसैगरि सिमकोट गाउँपालिका– २ को रामदेव मावि र ३ को रलिङ माविका विद्यालयहरु पनि शिक्षक दरबन्दी कटौती गरेको भन्दै विद्यार्थी र अभिभावकले बिरोध जनाएका छन् । उक्त विषयमा अवको तीनदिन भित्र कार्यपालिकाको बैठक बसेर छलफल गरि विद्यालयलाई जानकारी गराउने प्रतिवद्धता सहित आन्दोलनरत विद्यार्थी र अभिभावकलाई सान्तोना दिएर पठाएको अध्यक्ष भण्डारीको भनाई छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।