नेभिगेशन
समाज

हुम्लामा एसईईमा ४७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण


सिमकोट
हुम्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार जिल्लामा सहभागी परीक्षार्थीमध्ये सो प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख खड्क बहादुर हमालले जानकारी दिनुभएको छ ।  यस वर्ष हुम्लाबाट एसईई परीक्षामा ९ सय ५० जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ग्रेडेडतर्फ ४ सय ६९ जना तथा ननग्रेडेडतर्फ ४ सय ८१ जना विद्यार्थी सहभागी रहेका थिए । 


नतिजाअनुसार जिल्लामा ८ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । त्यसैगरी ३.६० जिपिए ल्याउने विद्यार्थी संख्या ५६, ३.२० जिपिए ल्याउने २ सय २०, २.८० जिपिए ल्याउने १ सय ७० तथा र २.४० जिपिए ल्याउने १५ जना रहेका छन् ।

निमित्त प्रमुख हमालले जिल्लाको यस वर्षको एसईई नतिजा सन्तोषजनक नभएको बताउनु भएको छ ।  उहाँले नतिजाले हुम्लाको शिक्षा क्षेत्रमा थप सुधार गर्नुपर्ने आवश्यक रहेको संकेत गरेको उहाँले भनाई रहेको छ । यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।