नेभिगेशन
समाज

हुम्ला आउने पर्यटकको व्यवस्थापनमा सबैले सहजिकरण गर्ने सर्वपक्षिय बैठकको निर्णय  

सिमकोट । हुम्ला हुदैं मानसरोवर कैलास जाने यात्रुहरुको आवागमन बढ्न थालेपछि उहाँहरुको सहज र व्यवस्थापनलाई सहज बनाउन जिल्लाका सबै सरोकारवाला निकायले निर्णय गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिल्लाका सातवटै पालिकामा सरोकारवाला निकायको सहभागितामा सरसफाई कार्यक्रम गर्ने, जिल्लामा आउने पर्यटकहरुलाई सहजिकरण गर्न सिमकोट विमानस्थलमा भएको पर्यटन सूचना केन्द्रलाई क्रियासिल गर्ने, सिमकोट र नाम्खा गाउँपालिकाले उठाउादै आएको शुल्कलाई समयमै उठाउने सिमकोट विमानस्थललाई थप व्यवस्थित गर्ने लगायतका विभिन्न ९ वटा निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकरी दिनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष, बिजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा, राजनीतिक दल, जिल्ला स्थित सरकारी कार्यालय, होटेल तथा पर्यटन व्यवसायी, एयरलायन्सका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले जिल्लामा आउने पर्यटकहरुका लागि ट्रेकिङ्ग प्रमिट जिल्लामै दिने व्यवस्थाका लागि गृहमन्त्रालय अध्यगमन विभाग समक्ष अनुरोध गर्ने, जिल्लामा आउने यातायातहरु मध्ये सिमकोटबाट नाम्खा जाने यातायातहरुको हकमा नेपाली नम्बर प्लेटका साधनहरुलाई मात्र जान दिने निर्णय समेत गरेको छ । सिमकोट बजारमा निर्माण तथा व्यापारिक सामाग्रीका कारण सडक अव्यवस्थित रहेकाले त्यसलाई व्यवस्थित बनाउन लागउने जिल्ला पालिका र होटेल व्यवसायीहरुलाई जिल्लाको पर्यटन प्रवद्र्धन गर्न एक पेजको पर्यटन पर्चा प्रकाशन गर्ने निर्णय समेत बैठकले गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । 

पर्यटक आउने सिजनमा जिल्लाका यात्रुहरु र बिरामीले हवाई टिकट नपाउने समस्या विगतमा निकै धेरै भएको भन्दै यो वर्ष नेपाल एयरलायन्सको जहाजलाई नियमित उडान भर्न र निजि विमान कम्पनीलाई सातामा व्यवस्था गरेको सेडुवल उडानमा अनिवार्य जिल्लावासी र नेपाली यात्रुलाई मौक दिन आग्रह गर्ने निर्णय समेत गरिएको छ । यो वर्ष सिमकोट हुँदै कैलास मानसरोवर दर्शनका लागि झण्डै दश हजारको संख्यामा यात्रुहरुले टिकट बुकिङ्ग गरेको बताइएको छ । 

Turism--1778732062.jpeg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।