नेभिगेशन
समाज

हुम्लाका सामुदायिक रेडियोहरुको सामुहिक आपत्तिः रेडियो माथिको हुने सिण्डीकेट नमान्ने  

सिमकोट । जिल्लामा सञ्चालित सामुदायिक रेडियोका नाममा हुने विभिन्न खाले सिण्डीकेटप्रति हुम्लाका सामुदायिक रेडियोले आपत्ति जनाएका छन् । 

विभिन्न सरोकारवाला निकाय र साझेदार संस्थाहरुका विषयवस्तुलाई नागरिक समक्ष पुर्याउदै आएका जिल्लाका सामुदायिक रेडियोहरुलाई विभिन्न बहानामा खबर नगरी तेस्रो पक्षिय रुपमा निर्णय गर्ने गरेको बारेमा गम्भीर आपत्ति जनाएका हुम्लाका सामुदायिक रेडियोहरुले सार्वजनिक अपिल गर्दै यस्तो ध्यानाकर्षण गराएका हुन् । 

सामुदायिक रेडियोको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समितिको बैठकमार्फत जिल्लामा सञ्चालित तिन वटै रेडियोहरुले यसरी आपत्ति जनाएका छन् । समितिका संयोजक जनकबहादुर शाहीको अध्यक्ष्तामा बसेको संघको बैठकले 

राष्ट्रिय प्रशारण ऐन २०५९ को दफा ६ को व्यवस्था अनुसार राष्ट्रिय प्रशारण निमावली २०५३ बाह्रौ संसोधन २०८०० को नियम ४ अनुसार इजाजत प्राप्त गरि प्रसारणमा रहेका सामुदायिक रेडियोहरुमार्फत प्रसारण हुने सूचना, सन्देश, र कार्यक्रमका विषयवस्तुका सन्दर्भमा तेस्रो पक्षिय निर्णय हुने, विभिन्न निकायमार्फत जिल्लामा आयोजित कार्यक्रममा रेडियोलाई सूचना नगर्ने, रेडियोले उत्पादन तथा प्रसारण गर्ने सूचना, सन्देश र कार्यक्रमको निर्णय रेडियोको सहभागिता विनै गर्ने कार्यप्रति आपत्ति जनाउँदै आगामी दिनमा त्यसो नगर्न प्रमुख जिल्ला अधिकारी मार्फत जिल्लाका सरोकारवाला निकायलाई सार्वजनिक अपिल गरेको संयोजक शाहीले जानकारी दिनुभयो । 

हुम्लाजस्तो विकट क्षेत्रमा विविध समस्याका वावजुत सञ्चालन भएका रेडियोहरुलाई अहिलेको अवस्थामा पुर्याउन जिल्ला स्थित सरकारी तथा विकास साझेदार निकाय, राजनीतिक दल, विज्ञापनदाता, व्यवापार व्यावसायीहरुको सहयोगप्रति आभार व्यक्त गरेको बैठकले संचार संस्थाका रुपमा रहेका रेडियोहरुलाई पछिल्लो समय सूचना नदिने गरेकाले त्यस्तो व्यवहार नगर्न जिल्लाका रेडियोले आग्रह गरेका छन् ।

जिल्लामा सामुदायिक रेडियोका रुपमा रेडियो कैलास, रेडियो कर्णाली आवाज र रेडियो श्रीनगर रहेको समितिले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।