नेभिगेशन
समाज

गरिब तथा विपन्न विद्यार्थीलाई खाद्यान्न, लत्ता कपडा र भाँडाकुँडा सहयोग

गरिब तथा विपन्न विद्यार्थीलाई खाद्यान्न, लत्ता कपडा र भाँडाकुँडा सहयोग

सिमकोट

गुड नेर्वस इन्टरनेसनल हुम्लाको आर्थिक सहयोग तथा किर्डाक नेपाल हुम्लाको समन्वयमा हुम्लाका गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई खाद्यान्न, लत्ता कपडा तथा भाँडाकुँडा सहयोग गरिएको छ ।
बालबालिकाको शिक्षा र संरक्षण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्थाले शुक्रबार आयोजित एक कार्यक्रममार्फत ११ जना विद्यार्थीलाई आवश्यक सामग्री वितरण गरेको हो । कार्यक्रम गुड नेवर्स इन्टरनेसनल हुम्लाका संयोजक गोविन्द चौधरीकोे अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त सहयोग प्राप्त गर्नुभएकी सिमकोट गाउँपालिका वडा नम्बर ६ की सुना सुनारले आर्थिक अभावका कारण नातिको पालनपोषण र पढाइ सञ्चालन गर्न कठिन भइरहेको अवस्थामा संस्थाको सहयोगले ठूलो राहत मिलेको बताउनुभयो । उहाँले एक्लै नातीको पठन पाठन  धान्दै आएको उल्लेख गर्दै यस्ता सहयोगले बालबालिकाको भविष्य उज्यालो बनाउन मद्दत पुग्ने धारणा राख्दै भन्नुभया ।

त्यसैगरी सिमकोट वडा नम्बर ७ का नरेन्द्र सुनारले बुवाको निधन र आमाले दोस्रो विवाह गरेपछि आफ्नो पढाइ प्रभावित भएको बताउनुभयो । पछिल्लो समय संस्थाले कापी, कलम, झोला तथा विद्यालय पोशाक सहयोग गरेपछि नियमित रूपमा विद्यालय जान सहज भएको उहाँको भनाइ छ ।

सिमकोट गाउँपालिका वडा नम्बर ६ की मैता सुनारले श्रीमानको मृत्यु भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी आफूमाथि आएको बताउँदै खाद्यान्न, कपडा तथा भाँडाकुँडा सहयोगले दैनिक जीवन र छोराछोरीको पठनपाठनमा राहत पुगेको बताउनुभयो । यस्ता सहयोगले बालबालिकाको शिक्षामा अवरोध नआउने विश्वास उहाँले व्यक्त गर्दै भन्नुभयो ।

गुड नेवर्स इन्टरनेसनल हुम्लाका संयोजक गोविन्द चौधरीका अनुसार संस्थाले हाल हुम्लाका १ हजार ३ सय ४१ जना बालबालिकालाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । तीमध्ये अति विपन्न र गरिब परिवारका ११ जना विद्यार्थी छनोट गरी करिब ३ लाख ९ हजार ९ सय ९९ रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

बालबालिकाको पढाइमा आर्थिक अभावका कारण कुनै बाधा नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको उल्लेख गर्दै चौधरीले अभिभावकलाई बालबालिकालाई नियमित विद्यालय पठाउने वातावरण बनाउन आग्रह गर्नुभयो ।
यस सहयोगले गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई राहत मिल्नुका साथै उनीहरूको शिक्षा निरन्तरतामा सकारात्मक सहयोग पुगेको स्थानीयले बताएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।