नेभिगेशन
समाज

सवारी चालक तथा सरोकारवालासँग ट्राफिक सचेतना कार्यक्रम सञ्चालन


सिमकोट
हुम्लामा सञ्चालन हुने सवारी चालक तथा सरोकारवालाका लागी ट्राफीक सचेतना सम्बन्धी एक दीने कार्यक्रम सञ्चालन गरिएको छ । आधार नेपाल हुम्लाको आयोजनामा साना तथा मालवाहक सवारी चालकलाई लक्षित गर्दै ट्राफिक नियम पालना सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।


हुम्ला भर्खरै राष्ट्रयि सडक सञ्जालसँग जोडिएकाले सवारी साधनको चाप बढ्दै गएको र दुर्घटनाको जोखिम समेत उच्च रहेको अवस्थामा चालकलाई ट्राफकि नियमको पालना गरी सुरक्षित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरएिको आयोजकले जनाएको छ ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी उपरीक्षक शंकर खड्काले सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका उपायबारे जानकारी गराउनुभएको थियो । उहाँले सवारीको उद्देश्य, ट्राफिकको अर्थ, रोड मार्किङको परचिय, सवारी साधनको परिभाषा तथा वर्गीकरण, सजाय र कानुनी व्यवस्था लगायत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।


त्यसैगरी ट्राफिक संकेतहरूको प्रयोग तथा महत्वबारे जानकारी दिदै हुम्लामा सञ्चालन हुने सवारी साधनमा कालो सिसा प्रयोग नगर्न चालक तथा सवारी धनीलाई आग्रह गरिएको थियो ।


आधार नेपाल हुम्लाका शिक्षा अधिकृत कुञ्जोक लामाले हुम्लामा पहिलो पटक सवारी चालकलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले चालकलाई जिम्मेवार र सचेत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।