नेभिगेशन
समाज

आइतबार सिमकोटमा सञ्चालित घुम्ती शिविरबाट १ सय २८ जना लावाम्भीत, १७ जनाको रिफर

सिमकोट।  जिल्ला अस्पताल सिमकोटमा सञ्चालित स्वास्थ्य तथा अपाङ्गता परिक्षण घुम्ती शिविर सञ्चालन गरिएको छ ।

आइतबार जिल्ला अस्पताल हुम्लामा सञ्चालन गरिएको उक्त शिविरबाट एक सय २८ जना लाभान्वित भएका छन् । शिविरमा विभिन्न प्रकारका शारीरिक तथा जन्मजात समस्याबाट पीडित बालबालिकाको परीक्षण, उपचार तथा परामर्श समेत दिने काम भएको हो । 

शिविरमा लडेर, आगोले पोलेर वा जन्मजात अपाङ्गता भएका वालवालिकाहरुलाई प्लाष्टर गर्ने,  थप उपचारका लागि रिफर गर्ने र घरमै अभ्यास गराउने जस्ता कामहरु भैहरका छन् । भौगोलिक विकटताका कारण लड्दा भाँच्चीएका हातखुटहरुको समयमा उपचार नपाएका, आगोले पोलिएका, जन्मजात पैताला बांगो भएका तथा मानसिक अवस्था कमजोर भएका बालबालिकाको परिक्षण गर्दै बिरामको प्रकृतीका आधारमा फिजियोथेरापीको अभ्यास, प्रारम्भीक उपचार र थप उपचारका लागि रिफर गर्ने काम शिविरमा भैरहेको अपाङ्ग बाल अस्पताल बनेपाकी चिकित्सक छुनिरा खड्काले बताउनु भयो । 
 
यहि जेठ ३ गते आइतबार शुरु भएको शिविरमा  एक सय २८ जनाले स्वास्थ्य परीक्षण तथा औषधि उपचार सेवा लिएका छन् । यसैगरी १७ जनालाई थप उपचारका लागि बनेपास्थित अपाङ्ग बाल अस्पतालमा रेफर गरिएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।