नेभिगेशन
समाज

एसईईमा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई किर्डाक नेपालको प्रोत्साहन सहयोग

सिमकोट । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल हुम्लाले सञ्चालन गर्दै आएको नियमित कार्यक्रम अन्तर्गत हुम्लाका दुई जना उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद सहयोग गरिएको छ ।

एसईई २०८२ मा सहभागी भएका स्पोन्सर कार्यक्रम अन्तर्गतका ५६ जना बालबालिकामध्ये उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गरिएको हो ।

खर्पुनाथ गाउँपालिका वडा नम्बर–५ स्थित सीता माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएका छात्र अनिल रोकायाले ३.७७ जीपीए ल्याई प्रथम स्थान हासिल गरेका छन् । उनलाई किर्डाक नेपाल हुम्लाले १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

त्यसैगरी, खर्पुनाथ गाउँपालिका वडा नम्बर–३ स्थित मानसरोवर माध्यमिक विद्यालयकी छात्रा रोजिना रावलले ३.५१ जीपीए ल्याई दोस्रो स्थान हासिल गरेकी छन् । उनलाई पनि सोही रकम बराबरको प्रोत्साहन सहयोग प्रदान गरिएको किर्डाक नेपाल हुम्लाका संयोजक जनक बुढाले जानकारी दिनुभएको छ ।


एक जना छात्र र एक जना छात्रालाई प्रदान गरिएको उक्त सहयोगले विद्यार्थीलाई थप अध्ययनमा प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
किर्डाक नेपाल हुम्लाका संयोजक जनक बुढाका अनुसार संस्थाले विगतदेखि नै विद्यार्थीको गुणस्तरीय पठनपाठन तथा शैक्षिक विकासका लागि विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।