नेभिगेशन
समाज

हुम्ला र बाजुराको सिमा विवाद थप पेचिलो बन्दै,आक्रोसित दुवैतर्फका स्थानीय वासिन्दा सिमा क्षेत्रमा

सिमकोट
हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा, च्याचौर, रानीसैन लगायतका क्षेत्रमा देखिएको विवाद थप पेचिलो बन्दै गएको छ । दुवै जिल्लाका नागरिक र सरकारले आप्mनो दावी गर्दै दलबलसहित सम्बन्धित क्षेत्रमा जाने उपस्थिती देखाउन थालेपछि दुइ जिल्लाको सिमा विवाद थप पेचिलो बन्न थालेको हो  । 


लामो समयदेखि हुम्लाले भोकचलन गर्दै आएको उक्त क्षेत्रमा बाजुरा जिल्लाको तर्फबाट प्रहरी चौकी स्थापनाको प्रक्रिया अघि बढेपछि जिल्लाका स्थानीय तहका प्रमुख गएको वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई उक्त क्षेत्र हुम्लाको दावी गर्दै ज्ञापन पत्र बुझाएपछि विवादले औपचारिक रुपमा धारण गरेको थियो । भित्रि रुपमा बाजुराले उक्त क्षेत्र आप्mनो दावी सहित जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी चौकी स्थापना गरेर औपचारिक रुपमा आप्mनो पटक कायम गर्ने नीतिगत कार्य अघि बढाएपछि हुम्लाका स्थानीय तह र नागरिकहरु आक्रोशित भएपछि विवाद उत्कर्षमा पुगेको हो  । 


सात वटा स्थानीय तह भएको हुम्लाका गाउँपालिका मध्ये ६ वटाको सिमाना जोडिएको हुम्लाका गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षले औपचारिक रुपमा सिमाना आप्mनो दावी गर्दै सरकारलाई प्रहरी चौकी स्थापना कार्यलाई स्थगन गर्न माग गरेपछि यो विवाद दुई जिल्लाको सामुहिक विवादको विषय बनेको हो  । पुर्खौदेखि आप्mनो वडाको सिमा क्षेत्र बाजुराले दावी गरेपछि खार्पुनाथ गाउँपालिकाको वडा नम्बर २ थालीले गृहसचिवलाई  पत्र लेख्दै दुई जिल्लाको सिमा विवादलाई समाधानका लागि पहल गरिदिन आग्रह गर्नु भएको छ । उहाँलाई २०५३ सालमै थाली सामुदायिक वन मार्फत उक्त क्षेत्र भोक चलन गर्दै आएको र हाल थला सामुदायिक वनको नाममा दर्ता भएकाले उक्त क्षेत्र आप्mनो भएको दावी वडा अध्यक्ष चन्द्र रावलले गर्नु भएको छ । 


यसैगरी खार्पुनाथ २ को थला सामुदायिक वन उपभोक्ता समितिले पनि औपचारिक निर्णय गर्दै उक्त वन क्षेत्र आप्mनो भूभागमा पर्ने भएकाले बाजुराले गर्न लागेको अतिक्रमण रोक्न आग्रह गरेको समितिका अध्यक्ष देवराज रावलले जानकारी दिनुयभो । 


सिमा विवादका कारण दुवै जिल्लाबीच संभावित सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै हुम्ला प्रहरीले प्रहरी उपरिक्षक नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । दुई जिल्ला बीच औपचारिक रुपमा विवाद नआएपनि विगतमा समेत सुरक्षा चुनौती भएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक शंकर खड्काले संभावित सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै हुम्लाकोतर्फबाट प्रहरी निरिक्षक युवराज ढकालको १५ सदस्यीय टोलीको नेतृत्वमा लाम्पाटा क्षेत्रमा टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिनुभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।