नेभिगेशन
समाज

वाल विवाह र वालश्रम विरुद्द सडक नाटक र देउडा प्रतियोगिता सम्पन्न 

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर–८ स्याँडामा बाल विवाह तथा बालश्रम विरुद्ध जनचेतनामूलक सडक नाटक र देउडा गीत प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

स्याँडा हिमाली युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा बाल विवाह र बालश्रम जस्ता सामाजिक विकृति विरुद्ध सचेतना फैलाउने उद्देश्यले सडक नाटक तथा देउडा प्रतियोगिता सञ्चालन गरिएको हो । कार्यक्रम गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल द्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाको सहकार्यमा आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष लोकराज बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रम मार्फत बाल विवाह र बालश्रम कानुन विपरीत तथा बालअधिकारको गम्भीर उल्लङ्घन भएको सन्देश समुदाय सम्म पुर्‍याइएको थियो । स्थानीय कला, संस्कृति र देउडा परम्परालाई माध्यम बनाएर जनचेतना फैलाउने उद्देश्यले प्रस्तुत गरिएका सडक नाटक र देउडा गीतले सहभागी तथा दर्शकहरूलाई भावुक र सचेत बनाएको थियो ।

कार्यक्रममा परिवर्तन टोल, गुम्बाटोल, घरदेउ टोल र थर्पुकोट टोलबीच देउडा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी टोलीहरूले बाल विवाह र बालश्रमले बालबालिकाको भविष्य अन्धकार बनाउने भन्दै यसको अन्त्यका लागि समुदाय, अभिभावक तथा युवाहरू एकजुट हुनुपर्ने सशक्त सन्देश दिएका थिए ।

स्थानीयवासीको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने देउडा टोलीहरूलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले बाल विवाह र बालश्रम अन्त्यका लागि हरेक घर, टोल र समुदायबाट सामूहिक अभियान आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमलाई संवोधन गर्दै स्टेशन म्यानेजर नवराज महताराले वाल विवाह गर्नु भनेको आफ्नाका  लागि दुःख, पिंडा र मृत्यु निम्त्याउनु भएको उल्लेख गर्दै त्यसका लागि सबैले वाल विवाह र वालश्रमको अन्त्यमा लाग्न ढिला गर्न नहुनेमा जोड दिनु भएको छ ।

त्यसैगरी गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत गोविन्द चौधरी र  किर्डाक नेपालका जिल्ला संयोजक जनक बुढाले सडक नाटक र देउडा प्रतियोगिता मार्फत उठाइएका सन्देशलाई व्यवहारमा लागू गर्दै स्याँडालाई बाल विवाह तथा बालश्रम मुक्त वडा बनाउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमले स्थानीय कला–संस्कृतिको संरक्षणसँगै सामाजिक परिवर्तनका लागि सामुदायिक एकता र सचेतनाको बलियो उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।