नेभिगेशन
समाज

हुम्ला र बाजुरा बीच लाम्पाटामा भएको झडपको जाँचबुझ गर्न गृहको टोली सिमकोटमा


हुम्ला ।
हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको दोहोरो झडपका लागि गृह मन्त्रालयले गठन गरेको जाँचबुझ समितिको टोली हुम्ला सदरमुकाम सिमकोट आइपुगेको छ । गएको जेठ २ गते देखि ४ गतेसम्म सीमको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्रह रुप लिएपछि गृहमन्त्रालयले गठन गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिमलराज पौडेल नेतृत्वको टोली आज सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शंकर खड्काले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न प्रहरी बरिष्ठ उपरीक्षकको (एसएसपी) नेतृत्वमा कर्णाली प्रदेश राजधानी सुर्खेतबाट कोल्टी, कवाडीबाट लाम्पाटा हुदैं क्षेत्रमा पुगेर हुम्ला आएको हो । घटना भएको क्षेत्र लामपाटा, च्याचौर क्षेत्र पुगेर उक्त टोली शनिबार राती सिमकोट पुगेको हो । प्रहरी वरिष्ठ उपरीक्षक बिमलराज पौडेल नेतृत्वको टोलीले सिमकोट बसाइका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ती र सिमा जोडिएका क्षेत्रका जनप्रतिनिधिहरु, राजनीतिक दलका नेता र नागरिक अगुवाहरुसँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार बाजुराको मार्तडीमा उक्त छलफल गरेर आएको टोलीले सोमबारबाट उक्त छदफल शुरु गर्ने भएको छ ।

चालु आर्थिक वर्ष सुदुरपश्चिम प्रलदेशले ४० लाख बजेट विनियोजन गरेर हुम्लासँगको परामर्श विनै उत्तः क्षेत्रमा एकतर्फी प्रहरी चौकीको भन्दै निर्माण शुरु गरेपछि विवाद शुरु भएको थियो । उक्त विषयलाई लिएर गएको वैशाख २४ गते हुम्लाका स्थानीय तहका प्रमुखले नेपाल सरकारलाई उक्त निर्माण कार्य रोक्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएपनि बाजुरा पक्षले निर्माण कार्यलाई निरन्तरता दिने, विभिन्न टोली ल्याएर एकतर्फी प्रचार गर्ने, अनुमती बेगर ड्रोन उडाउने काम गरेपछि हुम्ला ततर्फको सीमा क्षेत्रका नागरिक र बाजुरा पक्षबीच दोहोरो झडप भएको थियो ।
 
झडपले उग्र रुप लिएपछि दुवै प्रदेश सभा देखि प्रतिनिधिसभा बैठकको विषय समेत बनेको थियो । उक्त विषयलाई लिएर कर्णाली कोरिडोर अवरुद्ध हुने, दुई जिल्लाका नागरिकबीच आरोप प्रत्यारोप गर्ने काम भएपछि सरकारले गएको जेठ ११ गते नापी विभागका उपमहानिर्देशक शुसिल डंगोलको संयोजकत्वमा अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी बिमलराज पौडेलको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरेको थियो । टोली गठन गरेको २ दिनमै अर्थात जेठ १३ गते पौडेलको टोली बाजुरा हुदैं घटना स्थलतर्फ आएको बताइएको छ ।सीमा विवादले उग्र रुप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयविच झडप हुँदा बाजुराका चार जना घाईते भएका थिए । घाईते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।