नेभिगेशन
समाज

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवामा योगदान पुर्याए बापत डा. तिवारी सम्मानित

सिमकोट, हुम्ला — स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीलाई ५० हजार रुपैयाँ नगदसहित “एनएमए सज्जन श्याम ट्रस्ट अवार्ड” प्रदान गरिएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार, बिरामीको उपचारमा पु¥याएको योगदान तथा स्वास्थ्य सम्बन्धी अध्ययन–अनुसन्धानमा देखाएको सक्रिय भूमिकाको उच्च मूल्यांकन गर्दै तिवारीलाई उक्त सम्मान प्रदान गरेको हो ।


चितवनको भरतपुरमा शनिबार र आइतबार आयोजना गरेको अल नेपाल मेडिकल कन्फ्रेन्स (एनेमेकन २०२६) मा डा.तिवारीलाई अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तित्व, चिकित्सक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । नेपालका करिब ४० हजार चिकित्सक आबद्ध रहेको एनएमएले दुर्गम तथा विकट क्षेत्रमा कठिन भौगोलिक अवस्था, सीमित स्रोतसाधन र विभिन्न चुनौतीका बीच स्वास्थ्य सेवा प्रदान गरिरहेका चिकित्सकहरूलाई हरेक वर्ष “एनएमए सज्जन श्याम ट्रस्ट अवार्ड” प्रदान गर्दै आएको छ ।

हुम्ला जस्तो दुर्गम जिल्लामा कार्यरत डा. तिवारीले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यका साथ नीतिगत सुधार, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा काम गर्दै आउनु भएको छ । भौगोलिक विकटता, जनशक्ति अभाव र विभिन्न दबाबका बाबजुद पनि डा तिवारीले आफ्नो शैक्षिक योग्यता र अनुभवलाई कर्णालीका दुर्गम बस्तीहरूमा केन्द्रित गर्दै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रयासरत रहेको बताउनु भयो । डा. तिवारीले कर्णालीका दुर्गम हिमाली गाउँहरू अझै पनि आधारभूत स्वास्थ्य सेवाको अभावका कारण जीवन र मृत्युबीच संघर्ष गरिरहेको उल्लेख गर्दै त्यस्ता क्षेत्रका नागरिकको उपचार र स्वास्थ्य सेवामा आफू समर्पित भएर काम गरिरहेको बताउनु भएको छ । 


मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, रिफरल प्रणाली सुदृढीकरण, प्रयोगशाला सेवा विस्तार, नयाँ ल्याब स्थापना तथा दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने पहलमा समेत उनले उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएको छ । उक्त सम्मानले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहमा समर्पित चिकित्सकहरूको मनोबल बढाउने तथा ग्रामीण स्वास्थ्य सेवाप्रति थप प्रतिबद्ध बन्न प्रेरणा मिल्ने डा तिवारीले अपेक्षा गर्नुभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।