नेभिगेशन
समाज

नेप्का लगायतका बाढी पिडित किसानलाई राहत प्रदान गर्ने विपत व्यवस्थापन समितिको निर्णय

सिमकोट, हुम्ला
गएको जेठ ५ गते मंलबार रातीको वर्षासँगैको बाढीले क्षती गरेको चंखेली गाउँपालिका वडा नम्बर ५ नेप्का लगाउत जिल्लाका प्रकोप पिडित किसानहरुका लागि राहत प्रदान गर्ने निर्णय गर्दै जिल्ला प्रकोप उद्धार समितिको बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको बैठकले पहिरोमा परेर ५३ वटा भेडाबाख्रा भैसी मरेका र लगाएको बाली क्षती भएका नेप्काका किसानहरु र जिल्लाभर वर्षा, बाढी पहिरोबाट पशुवस्तु मरेका किसानहरुलाई कृषि विकास कार्यालय र भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयमार्फत तत्कालै प्रक्रिया घि बढाएर राहत प्रदान गर्ने निर्णय गरेको छ ।


नेप्कामा अबिरल वर्षका कारण धनसिंह तामाङको ४६ वटा ठुला र ७ वडा साना भेडाभेडी गरी जम्मा ५३ वटा भेडा मृत्यु भएको चंखेली ३ मा पर्ने दखल्टा खर्क चरण क्षेत्रमा गएको वर्ष साउनको चार गते चट्याङबाट नरबिर ऐडी १ भैसी, दन्तबिर ऐडीको २ भैसी, नन्द बहादुर ऐडीका १ भैसी, राम बहादुर ऐडी १ वटा राँगा र अज बहादुर बुढाको १ भैसी गरी जम्मा सात वटाको मरेका थिए ।

यसैगरी  बैठकले अदानचुली गाउँपालिका वडा नम्बर ३ को गोरपालीमा गएको वर्ष वैशाख ४ गतेको अविरल वर्षाका कारण पहिरोले धर्म बुढाका ५२ वटा बाख्रा, ११ वटा पाठापाठी, सिमकोट ७ मा २०८१  ऋसार २० गरेका अविरल वर्षका कारण सार्की शाहीको तिन वटा घोडा र ध्वज बहादुर शाहीको २ वटा घोडाको मृत्यु भएको हुदा उक्त प्रकोपमा पिडित किसानलाई पनि कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ को दफा २१ के उपदफा ४ बमोजिम राहत प्रदान गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिनुभयो ।


बैठकले नेप्काको डाँफे आधारभूत विद्यालयको भवनमा क्षती पुगेका कारण तत्काल अस्थायी व्यवस्था गर्न र पछि स्थायी संरचनाका लागि सामाजिक विकाय कार्यालय, खानेपानी, अवरुद्ध विद्युत आयोजनाका लागि जिल्ला खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयमार्फत कर्णाली प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेका बारेमा जानकारी दिदैं प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो । 


बैठकले कर्णाली कोरिडोर सडकको सर्केगाड गाउँपालिका वडा नम्बर १ खच्चा क्षेत्रमा बारम्बार सुख्ख पहिरो गएर  राज्यको ठूलो लगानी खर्च भैरहेको अवस्थामा उक्त क्षेत्रमा प्राविधिक अध्ययन गरी समास्या समाधानका लागि कर्णाली कोरिडोर दक्षिण खण्ड खुलालु सलिसल्ला सडक आयोजना बाजुरा मार्फत पूर्वाधार विकास मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विकसे कार्यालयका प्रमुख, सञ्चारकर्मी र नागरिक अगुवाहरुको सहभागिता रहेको बैठकमा विपतका कारण यस अघि क्षती भएका व्यक्तिगत  पुर्नसंरचनाको निर्माणका लागि निजि आवास प्रवलिकरण, पुन निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०८१ बमोजिम गर्ने निर्णय गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूले आवतजावतमा सहजता ल्याउन पुल निर्माणको...
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...