नेभिगेशन
समाज

चौगनफयाका महेन्द्रको घरमा आगलागी; बिस लाख बराबरको क्षति

 सिमकोट । बिहीबार राती सिमकोट गाउँपालिका वडा नम्बर ७ चौनफयामा एक घरमा आगलाली भएको छ । 

चौगानफयाका स्थानिय महेन्द्र बहादुर शाहीको घरमा हिजो राती करिब साढे १० बजे आगलागी हुँदा झण्डै २० लाखको क्षती भएको बताइएको छ ।

ढुङ्गा माटाले बनेको ३ तले ७ कोठे घर जलेर पुर्णरुपामा जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले बताउनु भयो । भान्सा कोठामा पुजाको लागी बालेको दियोबाट सल्केको आगेले घरमा आगलागी भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भएको छ । 

प्रहरीको मुचुल्का अनुसार आगलागीबाट शाहीको घरमा रहेको नगद रु. २ लाख, ३ तोला सुन, १ सय तोला चाँदी, लत्ता कपडा, भाँडा वर्तन र खाद्यन्न गरी करिब २० लाख बराबरको धनमालको क्षति भएको बताइएको छ । पशु चौपाया र मानवीय क्षती नभएको बताइएको छ । करिब १ घण्टापछि गाउँका स्थानियको सहयोग र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । 

आगलागी पिडित शाहीका परिवारलाई सिमकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले प्रारम्भीक राहत सहयोग गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले एक थान त्रिपाल, तीन थान कम्मल, एक थान म्याटिस, पीडितलाई सहयोग गरिएको नेपाल रेडक्रश शोसाइटी हुम्लाका मन्त्री अर्जुन बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले एक कट्टा चामल, एक कट्टा मैदा, तेल, भाडाकुडी, एक ब्ल्यांकेट र  एउटा डस्ना सहयोग गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।