नेभिगेशन
समाज

विद्यालयमा वृक्षरोपण गरी विश्व वातावरण दिवस मनाइयो


सिमकोट, हुम्ला
विश्व वातावरण दिवसको अवसरमा हुम्लाको सदरमुकाम सिमकोटस्थित मानसरोवर नमुना माध्यमिक विद्यालयमा वृक्षरोपण कार्यक्रम गरी दिवस मनाइएको छ ।
“समृद्ध भविष्यको आधार, जलवायु तथा प्रकृतिमैत्री विकास” भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालय हुम्लाको आयोजनामा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेर २६ औँ विश्व वातावरण दिवस मनाइएको हो । सन् १९७३ देखि विश्वभर मनाइँदै आएको यो दिवसको अवसरमा विद्यालय परिसरलाई हराभरा बनाउने तथा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । 


कार्यक्रममा जिल्ला समन्वय समिति हुम्लाकी कार्यवाहक प्रमुख सरिता रावतले वातावरण संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो ।  उहाँले गाउँ–समाजमा वातावरण संरक्षणसम्बन्धी सचेतना अझै पर्याप्त नभएकाले यस विषयमा व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । गाउँका महिलालाई वन जङगल जोगाउनु पर्छ भन्ने मान्यताको विकास नभएकाले आजको यो कार्यक्रममा महिलाको सहधागीता गराउन आवश्यक रहेको बताउनु भयो । विद्यालयमा रोपिएका बिरुवाको संरक्षणमा विद्यार्थीहरूले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । 


त्यसैगरी डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाइले जलवायु परिवर्तनका कारण हुम्ला सहित हिमाली क्षेत्रमा अनावृष्टि, अतिवृष्टि तथा विभिन्न प्राकृतिक विपद्का जोखिम बढ्दै गएको बताउनुभयो । नेपाल जलबायु परिवर्तको असरले विश्वको तुलनामा चौथो स्थानमा पर्ने गरेको छ । यसको जोखिम न्युनिकरणमा तीनवटै तहका सरकारले सकारात्मक भूमिका खेल्नु पर्ने बन अधिकृत कुमाइको भनाई छ । अझ हिमाली जिल्ला झन बढि समस्यमा देखिएको छ । बाताबरण संरक्षण गरे मानविय जिवनमा सहज हुने छ । वातावरण संरक्षणका लागि नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । 


विद्यालय परिसरमा १५ वटा देवदार, १२ वटा धुपी, १८ वटा चुली तथा २२ वटा ओखरका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ।
यसै अवसरमा विद्यालयलाई शैक्षिक सामग्री पनि सहयोग गरिएको छ। विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले पाँच दर्जन कापी र पाँच दर्जन कलम विद्यालयलाई हस्तान्तरण गरिएको हो। उक्त सामग्री विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीलाई प्रदान गरिएको आयोजकले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।
भर्खरै