नेभिगेशन
समाज

बिदाको दिनमा पनि हुम्लाको सामाजिक विकास कार्यालयद्वारा सेवा प्रवाह


सिमकोट, हुम्ला ।


हुम्लाको सामाजिक विकास कार्यालयले असार मसान्तको चापलाई मध्यनजर गर्दै सार्वजनिक बिदा तथा अन्य बिदाका दिनमा समेत सेवा प्रवाह गर्ने व्यवस्था गरेको छ । कार्यालय प्रमुख ईश्वरबहादुर सिंहका अनुसार जिल्लाका दुर्गम क्षेत्रबाट सदरमुकाम सिमकोट आउने सेवाग्राहीलाई अनावश्यक आर्थिक भार नपरोस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि कार्यालय सञ्चालन गरिएको हो। उहाँले बिदाको दिनमा सेवा नपाउँदा सेवाग्राही होटलमा बस्न बाध्य हुने र अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था रहेकाले यस्तो निर्णय गरिएको बताउनुभयो । 


कार्यालयले विशेषगरी जिल्लाका टाढाका नाम्खा, सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाबाट  आउने सेवाग्राहीलाई लक्षित गरी आजदेखि सार्वजनिक बिदाको दिनमा समेत सेवा दिन थालेको जनाएको छ । प्रमुख सिंहका अनुसार नजिकका पालिकाभन्दा टाढाका क्षेत्रबाट आउने सेवाग्राहीलाई प्राथमिकतामा राखी सेवा प्रवाह गरिनेछ। सेवाग्राहीलाई कुनै किसिमको सास्ती नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन मिलाइएको उहाँले जानकारी दिनुभयोे ।

 

कार्यालयले चालु आर्थिक वर्षको प्रगति तथा पुँजीगत खर्चको लक्ष्य पूरा गर्नुपर्ने भएकाले असार १० गतेसम्म उपभोक्ता समिति, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी तथा अन्य सेवाग्राहीलाई भुक्तानीलगायतका सेवा उपलब्ध गराउने जनाएको छ । 
सामाजिक विकास कार्यालयको यस निर्णयबाट जिल्लाका दुर्गम क्षेत्रका सेवाग्राही लाभान्वित हुने भएको छन । पछिल्लो समयमा यो कार्यालयले उल्लेखनीय काम गर्दै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।