नेभिगेशन
समाज

मानसरोवरमा मृत्यु भएका भारतीय नागरिक जैनको लाश भारत लगिने 

सिमकोट । मानसरोवर कैलासको दर्शन गर्न गएका भारतीय तिर्थालु आदी कुमार नेम कुमार जैनको लास हिल्सा नाका हुँदै स्थलमार्गबाट मृतकको घर लगिएको छ । 

रसुवाको केरुङ नाका हुदैं चीनको स्वशाशीत क्षेत्र तिब्बतमा रहेको धार्मिक तिर्थस्थल कैलास मानसरोवर गएका जैनको बिहिबार ज्यान गएको थियो । 

केरुङ नाकाबाट आएको र सोही नाकाबाट जाने अनुमती भएपनि यात्राका क्रममा जैनको मृत्यु भएपछि उनको लासलाई भारत लिन हिल्सा नाका भएर सहज हुने भएपछि हिल्सा भन्सारबाट कागजात मिलाएर आज बिहान गाडीमा सिमकोट हुँदै नेपालगञ्जतर्फ लगिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शुक्रबार रातीसम्म मृतक जैनको लाशलाई हेलिकोप्टरमार्फत ल्याउने कुरा भएपनि शनिबार आज भन्सारमा कागजात मिलाएर लाश नेपालतर्फ निकास गरे लगत्तै गाडीमा नेपालगञ्जतर्फ लगिएको हो । नेपालगञ्ज हुदैं उक्त लाश भारत स्थित जैनको घर पुर्याइने छ । 

केरुङ नाकाबाट कैलास मानसरोवरसम्मको लामो दूरीको यात्रा पछि लेक लागेर मृत्यु भएका जैनको लाशलाई सुक्रबार चीनको ताक्लाकोट स्थित अस्पतालमा आइस भित्र राखिएको थियो ।

हिन्दु धर्मालम्बी र बौद्ध धर्मालम्बीहरुको ठूलो तिर्थका रुपमा चनिने कैलास मानसरोको दर्शनका लागि अहिले भारतीय तिर्थालुहरु ठूलो संख्यामा हुम्लाको हिल्सा र रसुवाको केरुङ नाकाबाट जाने गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।